जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’
सगिता सुबेदी
साहित्य प्रेमीहरुलाई मनपर्ने बसन्त ऋतु भित्रने तरखरमा छ । साहित्यले माया, प्रेम, स्नेह, यर्थात र जिन्दगीका सुखदुख र गुम्सिएका भावानाहरुको उज्जागर गर्छ । त्यसकारण साहित्य जिवनको अभिन्न अंग हो । जसले जिन्दगीमा रस भर्छ । निराशा र कुन्ठाहरु कतै बिर्सजन गरेर लयबद्ध जिवन जिवउन सघाउँछ । जिवनमा दुखमा पनि सुख खोज्न साहित्यले नै भुमीका खेल्छ । हो, यही अमर विद्याका एक होनाहार सर्जक हुन् युगकवि सिद्धिचरण श्रेष्ठ । उनका कालजयी सिर्जना र साहित्य आज पनि अमर छन् । उनका सिर्जनाहरु कति गित बनेर गुन्जीरहेका छन् कति कविता बनेर गुन्जीरहेका छन् त कति कथा बनेर । ती अमर, अजर छन् ।
तिनै महान सर्जकका कविता र सिर्जनाहरु माथी गहन समिक्षा गर्दै जन्मीएको साहित्यकार स्वयम्भु शाक्यको ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ पुस्तक नेपाली साहित्यको अमुल्य सामाग्री हो ।
युगकवि सिद्धिचरणले बाँचेको त्यो इतिहास र त्यो बेलाको समय र साहित्य बुझन् उक्त पुस्तक अत्यन्त महत्वपुर्ण छ । कविताहरुमार्फत युगकविले त्यो युगमा कसरी आफना भावानाहरु बुलन्द गरे ? समयका आवाजहरु कसरी गुजिन्ए ? भन्ने कुरा पुस्तकमा पढन र महसुस गर्न सकिन्छ । पुस्तकका लेखक शाक्यले युगकविका कविताहरु माथी खुब न्याय गरेका देखिन्छन् । खुब प्रेमभाव दर्शाएका देखिन्छन् । त्यसकारण यस पुस्तक युगकवि सिद्धिचरणका साहित्य रचनामाथी अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो भन्दा अत्तियुक्ति हुनेछैन । स्वयम्भु शाक्यले युगकविको ‘नयाँ बषर्’ शिर्षकको कवितामाथी यसरी प्रकाश पारेका छन् ।
‘पात पुराना झरिरहेका देख्दैनौं ती वृक्ष नयाँ
हरिया लहलह चिडिया चहचहल्याउन सरस बसन्त यहाँ’
शाक्य लेख्छन् ‘पातहरु पुराना हुनु समयले पातहरु गलाउनु हो । पुराना वृक्षमा नयाँ पातहरु हुनेछन् । पुराना वृक्षमा बसन्तको आगमनसँगै नयाँ पातहरु पलाउने छन् । हेर्दै लोभलाग्दोे हरियो भएर हावाका झोक्काहरुसँगै पातहरु पनि मस्त भएर आफनै धुनहरुमा गितहरु गाउँनेछन् । पुस्तकमा लेखक शाक्यले युगकविका कविताहरुमा सुन्दर एवं सकारात्मक दृष्टिकोण राखेका छन् । युगकविकै लयलाई पछ्याउँदै प्रकृति र जीवनका यर्थातहरुको बयान गरेका छन् ।
वास्तम्बमा युगकविका रचनाहरु आजपनि उत्तिकै यर्थातपरक छन् । जिवन र जगतको यर्थातलाई कवितामार्फत पस्कने कविले कविता मात्रै लेखेका छैनन् झणभरङ्ग निराशाहरुमा पनि डुबीरहने मानव जगतलाई बाँच्ने तरका र अभिलाषाहरु सिकाएका छन् । युगकविले स्वार्थी हुँदै गएका मानिसहरु प्रति ब्यग्य गर्दै ‘मानिस छैनन्’ कविता पस्केका छन् ।
सुन, म भन्छु त्यहाँ मानिस नै छैन, छैन, छैन ।
तिमी भनौंला ती रङ्गीचङ्गी लुगालाई
नक्कल, झक्कल गर्दै झ्यालमा देखा पर्ने को हुन ?
म भन्छु तिनीहरु त पुतली हुन् पुतली
पुतलीहरुले पनि कहीँ तिमीहरुको क्रन्दन सुन्छ ?
शाक्यले पुस्तकमा आफना भावपक्तिं यसरी कोरेका छन् ‘के रहस्य होला, मान्छे विवेक भएर पनि किन आफ्नो बाटोमा हिँडन नसकेको होला ? अनौठो लाग्छ, यो अनौठो संसारभित्र अनौठो तरिकाबाटै हाम्रो जिवन लिला समाप्त हुनेछ । यो छोटो जिवनमा बुझदा बुझदै बुझन् नपाउँदै मान्छेहरु त्यसै सुत्नेछन् । हामी त बाँचेर पनि केहि गर्न नसक्ने जिउँदो मुर्दा हुनेछौं ।’
यस्ता कयन कविताहरुमाथी लेखकले जिवनको यर्थातको धरातलमा उभिएर समिक्षा गरेका छन् । जसले युगकविका कविताको ओझ बढाएको छ । कविताको भावनाहरु प्रकाश पारेको छ । कविता पढ्नलाई अझै प्रेरित गरेको छ । यति हँुदा हुँदै लेखक शाक्य कतिपय ठाउँमा दोहोरिएका छन् । कतिपय कवितामाथी बढ्तै भावनामा डुबेका छन् र समिक्षा लम्बेतान भएको छ । तरपनि यस पुस्तकले युगकविका रचनाहरुलाई असाध्यै न्याय गरेको छ ।
यस पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइलाले मन्तब्य जाहेर गरेका छन् । पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा फणिन्द्रराज निरौलाले प्रकास पारेका छन् । त्यसैगरी युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले पुस्तकमाथी टिप्पणी गर्दै भनेका छन् ‘युगकवि सिद्धिचरणका कविता र खण्डकाब्यहरुको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्वपुर्ण दस्ताबेज भएको छ ।’
लेखक शाक्यले यस पुस्तकमा ६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान, जुनकिरी र भिमशेन थापा शीर्षकको खण्डकाब्यका बारेमा अध्ययन गरि लेखिएको पुस्तक ५४० पेजको रहेको छ । पुस्तक स्वदेश प्रकाशनले बजारमा ल्याएको छ ।
ताजा
कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा
२०८२ चैत्र ५ गते, बिहीबार
कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा
२०८२ चैत्र ५ गते, बिहीबार
अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने
२०८२ चैत्र ४ गते, बुधबार
पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत
२०८२ चैत्र ४ गते, बुधबार
सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँच सार्वजनिक
२०८२ चैत्र ४ गते, बुधबार
जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नुः लामिछाने
२०८२ चैत्र ४ गते, बुधबार
शव बोकेर गएको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङमा दुर्घटना, सबै यात्रु तथा पाइलट सकुशल
२०८२ चैत्र ४ गते, बुधबार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना
२०८२ चैत्र २ गते, सोमबार
यी हुन् २०२६ का ओस्कार विजेता
२०८२ चैत्र २ गते, सोमबार
ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य
२०८२ चैत्र २ गते, सोमबार
टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
२०८२ चैत्र १ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





