रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
२०८१ पुष २५ गते, बिहीबार
काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगीको आरोप लागेका रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
न्यायाधीश नितिज राईको इजलासले बिहीवार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर दुरूपयोग अभियोग रविमाथि छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछाने गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् । सहकारी ठगीको अनुसन्धानका शिलशिलामा लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण मुद्दा समेत दायर गरिएपछि लामिछाने पुस १४ गते सांसद पदबाट निलम्बनमा परेका थिए ।
2 Views