थप अनुसन्धानका लागि दुर्गा प्रसाईंलाई साइबर ब्यूरो भोटाहिटी लगियो
२०८१ मंसिर ४ गते, मंगलवार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी लगिएको छ ।
भक्तपुरस्थित आफ्नै निवासबाट आज विहान पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वीरमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।
उनका अनुसार उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए ।
12 Views