मिस एण्ड मिसेस बागमती २०२४ को फाराम खुल्यो

२०८१ आश्विन १८ गते, शुक्रबार

काठमाडौ । मन खुसी फाउण्डेशन बागमती प्रदेश, करण ड्रिम्स र दुप्चेश्वर म्युजिक प्रा.लीको प्रस्तुतिमा महिला सशक्तीकरण, सामाजिक परिवर्तनको निमित्त “मिस एण्ड मिसेस बागमती २०२४“ को फाराम खुलेको छ ।

कार्तिक पहिलो हप्ता अडिशनसँगै तालिम सुरु गर्ने बताइएको छ । तालिममा सामाजिक समस्याको सामना र समन्वय, उदघोषण कक्षा, भाषाण कला कक्षा, नेतृत्व विकासको अभ्यास, आत्मा रक्षाको तालिम, क्याट वाल्क, र्याम वार्क, मोडलिङ कक्षा, श्रृङ्गारका कक्षाहरु सञ्चालन गर्ने आयोजक समितिका अध्यक्ष दिनेश तामाङले जानकारी दिएको छ । पन्ध्र देखि चालीस वर्ष सम्मको महिला दिदिबहिनीहरु उल्लेखित कक्षाहरु लिएर बलियो दरिलो र दक्ष बनेर आफूलाई प्रमाणित गर्ने अवसर यही मिस एण्ड मिसेस बागमती २०२४ को मञ्च भएको दावी गरेका छन् ।

उपाधि हात पार्नेहरुले अन्तर्राष्ट्रिय टुर, अन्तर्राष्ट्रिय कार्यक्रम, म्युजिक भिडियो र गीत रेकर्ड, अवार्ड, ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर, स्यास लगायतका धेरै कुराहरु प्राप्त गर्नेछन् । उपाधि जित्नु भन्दा महिला दिदिबहिनीहरुलाई हरेक क्षेत्रमा सक्षम बनाएर अगाडि बढ्न सक्ने बनाउने दिनेश तामाङले जानकारी दिएका छन् । कार्यक्रमको अध्यक्षमा कलाकार निर्देशक, मोडल साथै दुप्चेश्वर म्युजिक प्रालिका
प्रमुख दिनेश तामाङ रहेको छ भने कार्यक्रम निर्देशक तथा संयोजकमा कलाकार निर्देशक, लेखक, उदघोषक, कराँते राष्ट्रिय निर्णायक साथै मन खुसी फाउन्डेसन बागमती प्रदेश सभापति, करण ड्रिम्सका संस्थापक अध्यक्ष करण तामाङ रहेको छ ।

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal