जेठ १९ मा लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको चौथो क्याबिनेट मिटिङ

२०८१ जेष्ठ १६ गते, बुधबार

काठमाडौं । नेपालमा रहेको विभिन्न १५ डिष्ट्रिक्ट मध्य निकै चलाएमान र प्रभावशाली मानिएको लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको चौथो क्याविनेट मिटिङ पर्यटकीय नगरी पोखरामा यही जेष्ठ १९ गते शनिबार हुने भएको छ ।

लायन्स अन्तराष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटी ज्यू को प्रमुख आथित्यमा सम्पन्न हुने लागेको यो डिष्ट्रिक्टको चौथो क्याविनेट मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका करीव ५ सय बढी लायन्स सदस्यहरुको सहभागिता रहने अनुमान गरिएको छ । डिस्ट्रिक्ट अन्तर्गतका लायन्स प्रतिनिधीहरुले क्याविनेट मिटिङमा सहभागी हुन नाम दर्ता गराउने क्रम जारी रहेको रजिष्ट्रेशन कमिटीले जानकारी दिएको छ ।

डिष्ट्रिक्ट ३२५ के नेपालको यो चौथो क्यविनेट मिटिङ ऐतिहासिक हुने डिष्ट्रिक्ट गभर्नर लायन सुचित्रा थापाले बताउनुभयो । क्याविनेट मिटिङमा पिडिजीहरु, क्याविनेटका सिनियर लिदारहरु क्लवका अध्यक्ष तथा क्लब पदाधिकारीहरूको सहभागीता रहने अपेक्षा गरिएको गर्भनर थापाले बताउनुभयो ।

डिस्ट्रिक्ट गर्भनरको होम क्लब लायन्स क्लब अफ पोखरा कुमुद होस्ट क्लब रहेको कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागि क्लस्टर चिफ सोमिता खड्का संयोजक रहेको मूल आयोजक कमिटी निर्माण गरिएको र क्याबिनेट बैठकलाई भब्य र सब्य बनाउनको लागी विभिन्न बिधामा समिती गठन गरि क्याबिनेट मिटिङ्गको तयारी अगाडि बढाईएको क्याबिनेट सेक्रेटरी शैलेन्द्र दाहाल ले जानकारी गराउनु भयो ।

क्याविनेट बैठक सम्पन्न गर्नका लागि पोखरा क्षेत्रमा रहेका बाग्लुङ, पर्वत, गण्डकीमा सम्पर्क अधिकारी समेत तोकिएको छ । रजिस्ट्रेशनका लागि गण्डकी एरिया संयोजकमा सोमिता खड्का, बागमती एरिया संयोजकमा सन्तोष सर्राफ, बागलुङ एरिया संयोजकमा पार्वती थापा क्षेत्री र पर्वत एरिया संयोजकमा गोविन्द प्रसाद शर्मालाई जिम्मेवारी तोकिएको संयोजक खड्काले बताउनुभयो ।

चौथो क्याविनेट बैंठकमा लायन्सले यस बर्षको कार्यकाल सुरू गरेदेखी एक बर्षिय कार्यकालसम्म सम्पादन गरेका कार्य मुल्याङ्कनका आधारमा सम्मान तथा अवार्डेड समेत गरिने आयोजकको तयारी छ ।

प्रत्येक ३–३ महिनाको अन्तरालमा बर्षभरी हुने चार वटा क्याविनेट बैंठक मध्ये पोखरामा आयोजना गर्न लागिएको यो चौथो बैठक फेलोशिप अवार्ड सेरोमनी बैठकको रुपमा रहेको छ ।

30 Views

ताजा

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर

२०८१ चैत्र ३ गते, आईतवार

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

२०८१ चैत्र ३ गते, आईतवार

नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै

२०८१ चैत्र ३ गते, आईतवार

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता

२०८१ फाल्गुन २८ गते, बुधबार

ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा

२०८१ फाल्गुन २६ गते, सोमबार

ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष

२०८१ फाल्गुन २६ गते, सोमबार

मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, अब प्रतिक्षा लामो छैनः लामिछाने

२०८१ फाल्गुन २६ गते, सोमबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal