जेठ १९ मा लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको चौथो क्याबिनेट मिटिङ
काठमाडौं । नेपालमा रहेको विभिन्न १५ डिष्ट्रिक्ट मध्य निकै चलाएमान र प्रभावशाली मानिएको लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको चौथो क्याविनेट मिटिङ पर्यटकीय नगरी पोखरामा यही जेष्ठ १९ गते शनिबार हुने भएको छ ।
लायन्स अन्तराष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटी ज्यू को प्रमुख आथित्यमा सम्पन्न हुने लागेको यो डिष्ट्रिक्टको चौथो क्याविनेट मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका करीव ५ सय बढी लायन्स सदस्यहरुको सहभागिता रहने अनुमान गरिएको छ । डिस्ट्रिक्ट अन्तर्गतका लायन्स प्रतिनिधीहरुले क्याविनेट मिटिङमा सहभागी हुन नाम दर्ता गराउने क्रम जारी रहेको रजिष्ट्रेशन कमिटीले जानकारी दिएको छ ।
डिष्ट्रिक्ट ३२५ के नेपालको यो चौथो क्यविनेट मिटिङ ऐतिहासिक हुने डिष्ट्रिक्ट गभर्नर लायन सुचित्रा थापाले बताउनुभयो । क्याविनेट मिटिङमा पिडिजीहरु, क्याविनेटका सिनियर लिदारहरु क्लवका अध्यक्ष तथा क्लब पदाधिकारीहरूको सहभागीता रहने अपेक्षा गरिएको गर्भनर थापाले बताउनुभयो ।
डिस्ट्रिक्ट गर्भनरको होम क्लब लायन्स क्लब अफ पोखरा कुमुद होस्ट क्लब रहेको कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागि क्लस्टर चिफ सोमिता खड्का संयोजक रहेको मूल आयोजक कमिटी निर्माण गरिएको र क्याबिनेट बैठकलाई भब्य र सब्य बनाउनको लागी विभिन्न बिधामा समिती गठन गरि क्याबिनेट मिटिङ्गको तयारी अगाडि बढाईएको क्याबिनेट सेक्रेटरी शैलेन्द्र दाहाल ले जानकारी गराउनु भयो ।
क्याविनेट बैठक सम्पन्न गर्नका लागि पोखरा क्षेत्रमा रहेका बाग्लुङ, पर्वत, गण्डकीमा सम्पर्क अधिकारी समेत तोकिएको छ । रजिस्ट्रेशनका लागि गण्डकी एरिया संयोजकमा सोमिता खड्का, बागमती एरिया संयोजकमा सन्तोष सर्राफ, बागलुङ एरिया संयोजकमा पार्वती थापा क्षेत्री र पर्वत एरिया संयोजकमा गोविन्द प्रसाद शर्मालाई जिम्मेवारी तोकिएको संयोजक खड्काले बताउनुभयो ।
चौथो क्याविनेट बैंठकमा लायन्सले यस बर्षको कार्यकाल सुरू गरेदेखी एक बर्षिय कार्यकालसम्म सम्पादन गरेका कार्य मुल्याङ्कनका आधारमा सम्मान तथा अवार्डेड समेत गरिने आयोजकको तयारी छ ।
प्रत्येक ३–३ महिनाको अन्तरालमा बर्षभरी हुने चार वटा क्याविनेट बैंठक मध्ये पोखरामा आयोजना गर्न लागिएको यो चौथो बैठक फेलोशिप अवार्ड सेरोमनी बैठकको रुपमा रहेको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





