सम्भव नेपालद्वारा गोरखाका ७ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

२०८० पुष १९ गते, बिहीबार

गोरखा । सम्भव नेपाल नामक गैरसरकारी संस्थाले गोरखाका सात वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरेको छ । सम्बन्धित पालिकामार्फत स्वास्थ्य संस्थाहरूलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

आज गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दर्बुङ स्वास्थ्य चौकी, आरुघाट गाउँपालिकाको थुमी स्वास्थ्य चौकी, पालुङटार नगरपालिकाको मिरकोट कोटगढी आधारभूत स्वास्थ्य चौकी, सिरानचोक गाउँपालिकाको श्रीनाथकोट स्वास्थ्य चौकी, अजिरकोट गाउँपालिकाको भच्चेक आधारभूत अस्पताल र बारपाक सुलीकोट गाउँपालिकाको सहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पताललाई एकरएक थान एम्बुलेन्स उपलब्ध गराइएको हो । पालुङटार नगरपालिकालाई उपलब्ध गराउने एम्बुलेन्स भने भन्सार जाँचपासकै क्रममा रहेको कार्यक्रममा बताइएको छ ।

मुख्यमन्त्री पाण्डेले लक्षित नागरिकले सहजै उपभोग गर्न सक्ने गरी एम्बुलेन्स सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सम्भव नेपालका अध्यक्ष प्रेमकुमार खत्रीले भन्सार छुटसहित सात वटा एम्बुलेन्सको लागत दुई करोड २८ लाख ८० हजार रुपैयाँ रहेको जानकारी दिनुभयो ।

सम्भव नेपालले यसअघि गोरखाका छ वटा पालिकालाई ‘ग’ वर्गको एम्बुलेन्स उपलब्ध गराएको थियो । यो पटक एम्बुलेन्ससँगै झन्डै ४५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पनि उपलब्ध गराइएको खत्रीले जानकारी दिनुभयो ।

109 Views

ताजा

नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९ गते, शुक्रबार

नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९ गते, शुक्रबार

अनावश्यक ‘रोइलो’ नगर्न हर्क साम्पाङको कडा चेतावनी

२०८२ फाल्गुन २९ गते, शुक्रबार

तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने

२०८२ फाल्गुन २९ गते, शुक्रबार

आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने

२०८२ फाल्गुन २९ गते, शुक्रबार

इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण

२०८२ फाल्गुन २९ गते, शुक्रबार

रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य

२०८२ फाल्गुन २९ गते, शुक्रबार

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते

२०८२ फाल्गुन २७ गते, बुधबार

विश्व  कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल

२०८२ फाल्गुन २७ गते, बुधबार

भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal