महानगरका तीन कर्मचारीलाई निलम्बन गरे मेयर बालेनले

२०८० पुष १७ गते, मंगलवार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तीन जना कर्मचारीलाई निलम्बन गरेका छन् ।

मेयर बालेनले आफ्नै सचिवालयका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार निलम्बन गरेका हुन् ।

कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको हो। पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो।

तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ। उक्त प्रबर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेको थियो।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले पनि अनियमितताबारे सचिवालयमा सूचना प्राप्त भएको बताईएको छ। प्रमुख प्रशाशकीय अधिकृत आफैं यस घटनामा संलग्न भएको पाइएपछि उनलाई छा नबिन कार्य नसकुन्जेल मेयरले बिदामा बस्न भनेको महानगर स्रोतले बतायो ।

130 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal