रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु
२०८० पुष १७ गते, मंगलवार
काठमाडौं । रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु भएको छ ।
रुसी सेनामा भर्ना भएका स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । उनका अनुसार योसँगै रुसी सेनामा भर्ना भएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।
37 Views