बालकुमारी घटनाः ३ जना मन्त्रीमाथि छानबिन हुनुपर्छः गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटनामा तीन जना मन्त्रीमाथि उच्चस्तरीय न्यायिक आयोग गठन गरेर छानबिन गर्नुपर्ने बताएका छन् ।
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा उनले बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्री, गृहमन्त्री र श्रम मन्त्रीमाथि छानबिन हुनुपर्ने बताएका हुन् ।
‘नेपाली कांग्रेसले न्यायिक छानबिन समितिको माग गरेको थियो । सरकारले बनाउने नियमित समितिले हुँदैन न्यायिक समिति चाहिन्छ भन्ने हाम्रो माग थियो,’ उनले भने, ‘उच्चस्तरीय न्यायिक आयोग बनेको छ । त्यसले तीन जना मन्त्रीमाथि छानिबन गर्नुपर्छ ।’
मन्त्रीको राजीनामा नैतिक विषय भएको भन्दै समितिमा उठेका विषय न्यायिक आयोगले समेट्नुपर्ने बताए । ‘छानबिन त्यतातिर जाला कि नजाला रु हामीले ताकत, बल यहाँनिर दिनुपर्छ । हामी सचेत पनि रहनुपर्छ । किन कि तीन वटा राजनीतिक नेतृत्वबारे कुरा छ ।’
भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गम्भीर लापरबाहीले दुई जनाको ज्यान जाने परिस्थिति निर्माण भएको थापाको भनाइ छ । ‘त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै मन्त्रीजीले जबरजस्ती गरेको भन्ने छ । यो चरम लापरबाही हो । हेपेको हो । एउटा सामान्य व्यक्तिले गर्ने लापरबाहीको त कत्रो मूल्य चुकाउनुपर्छ भने यत्रो ओहदामा बसेको मान्छेले लापरबाही गर्दा यत्रो दुर्घटना भयो,’ उनी भन्छन्, ‘दुई जना केटाहरूको ज्यान गयो भन्ने मलाई लाग्छ । समितिले मन्त्रीको लापरबाही हेर्छ कि हेर्दैन रु लापरबाही हो भने दण्ड हुन्छ ।’
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





