तीनकुनेमा खाल्डोमा मोटरसाइकल खस्दा १ जनाको मृत्यु, १ जना घाइते

२०८० आश्विन १४ गते, आईतवार

काठमाडौं । काठमाडौंको (तीनकुने) शान्तिनगरस्थित बागमती नदीमा पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा १ जनाको मृत्यु भएको छ। अर्का १ जना घाइते भएका छन्।

प्रहरी बृत्त नयाँ बानेश्वरका अनुसा आइतबार बिहान करिब १ः१२ बजेको समयमा बागमती प्रदेश ०२–०३९ प ११९७ नम्बरको मोटरसाइकल बागमती नदी छेउमा पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको थियो।

प्रहरीले घटनास्थलबाट मोटरसाइकलका चालक भक्तपुरको चागुनारायण–४ घर भएका २० वर्षीय सरोज गुरुङ र चागुनारायण–४ नै घर भएका १७ वर्षीय सुशील गुरुङलाई उद्धार गरेको थियो। उद्धार गरिएकाहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो।

घाइतेमध्ये १७ वर्षीय सुशीललाई आइतबार बिहान ४ः४० बजे चिकित्सकले मृत घोषित गरेका प्रहरीले जनाएको छ। मोटरसाइकल चालक २० वर्षीय सरोज गम्भीर घाइते छन्। दाहिने खुट्टा भाँच्चिएको र उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

170 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal