आज असार १५, २०औँ धान दिवस, दही च्यूरा खाने दिन

काठमाडौं । आज असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस। नेपालमा विविध कार्यक्रमका साथ औपचारिक रुपमा २०औँ धान दिवस मनाइँदै छ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। यस वर्ष जलवायु अनुकुलित कृषकमैत्री प्रविधि धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाउन लागिएको हो।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दहीच्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्यूरा खाई असार १५ मनाउँछन्।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ।
पखाला लागेका बेला दहीच्यूरा खाएमा औषधिको काम गर्छ। यसैले दहीच्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ। यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।
ताजा

अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
एयर इन्डिया दुर्घटनाः कम्तीमा २९० को मृत्यु
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अनेरास्ववियु निर्वाचनः अध्यक्षमा कडरिया निर्वाचित
२०८२ जेष्ठ ३० गते, शुक्रबार
इजरायलद्वारा इरानमाथि आक्रमण, इजरायलमा आपतकालीन अवस्था घोषणा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
तीनकुने घटनाः दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
नेपाल सोतोकान कराते डो संघ SKDUN का खेलाडीहरु मलेसिया प्रस्थान
२०८२ जेष्ठ २९ गते, बिहीबार
कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय
२०८२ जेष्ठ २५ गते, आईतवार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)
२०८२ जेष्ठ २४ गते, शनिबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार