सुदूरपश्चिममा आज आम हड्तालले जनजीवन प्रभावित

२०८० जेष्ठ २८ गते, आईतवार

सुदूरपश्चिम। सुदुरपश्चिम प्रदेशमा सुरु भएको आम हडतालले जनजीवन प्रभावित भएको छ।

गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज भएको आम हडतालले जनजीवन प्रभावित भएको हो।

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले यसअघि सार्वजनिक गरेको बिरोध कार्यक्रमको तालिका अनुसार आज सुदूरपश्चिम प्रदेशमा आम हड्तालको आयोजना गरेको हो। जसका कारण नौ जिल्लाको जनजीवन प्रभाबित हुन पुगेको छ।

काठमाडौंमासमेत बिरोध प्रदर्शन गरेका असन्तुष्ट समूहले आज सो प्रदेश ठप्प पारेका छन्। सो हड्तालका कारण सो प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन।

प्रहरीको अनुसार महेन्द्र राजमार्गमा ठुला सवारी साधान चलेका छैनन भने अन्य सहायक मार्ग पनि दुई पाङग्रे सवारी साधान मात्रै छिटफुट रुपमा चलेका छन्।

गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, सो अघि सुदुरपश्चिम भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले गेटालाई बिश्वबिद्यालय बनाउने घोषणा पनि गरेका थिए।

तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरे पछि सुदुरपश्चेमेली नागरिकमा असन्तुष्टि बढेको हो।

132 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज बजेट सार्वजनिक हुँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal