कि सफाइ देऊ कि सजायः कुञ्जना घिमिरे
काठमाडौं । अलपत्र रहेको चितवनको गौतमबुद्ध क्रिकेट रंगशालालाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तनावमा छन् । धुर्मुसले भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सरकारलाई अनुरोध गरेको केही दिनमै सुन्तलीले आफू मानसिक यातनाले विक्षिप्त बनेको बताएकी छन् ।
आफ्नो इनबक्समा नग्न तस्वीर आउन थालेको भन्दै सुन्तलीले सुन्नै नसकिने शब्दका गालीगलौजले आफूलाई मानसिक यातना भएको गुनासो गरेकी छन् । ‘अब सुन्न र सहन सक्ने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय । तर जे गर्छौ छिटो गर ।’
आफूलाई तुच्छ गालीको वर्षा भइरहेको भन्दै कुञ्जनाले राज्यसँग मन दुखेको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, ‘अबको हरेक वार्ता खुलेआम रंगशालाको मैदानमा गरियोस् न कि बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्वीर पठाउन सुरू भएको छ, विभिन्न तुच्छ गालीको वर्षा भइरहेको छ । म पनि मान्छे हँु, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’
सुन्तलीको यो मर्मस्पर्शी पोस्टमा फ्यान र साथीभाइले चिन्ता नलिन र साहस बटुल्न सल्लाह दिएका छन् । अभिनेता तथा हास्य कलाकार मनोज गजुरेलले बलियो हुन सुझाएका छन् । रंगशाला बनाउँदा धुर्मुसलाई १८ करोडभन्दा बढी ऋण लागेको छ । सहयोग कबुल गरेकाले पनि अहिले आएर बेवास्ता गरेपनि धुर्मुस चिन्तामा छन् । रंगशालामा निर्माणमा धुर्मुस(सुन्तलीले अनियमितता गरेको भन्दै कतिपयले विरोध पनि गरिरहेका छन् ।
फिल्म ‘सेन्टी भाइरस’ रिलिज भएपछि यो जोडी रंगशाला निर्माणतर्फ लागेको थियो । त्यसपछि उनीहरु अभिनयबाट टाढिएका थिए । केही महिनाअघि अनलाइनखबरसँग कुरा गर्दै धुर्मुसले रंगशालाको विवाद साम्य भएपछि आफू फिल्म र अभिनयमा फर्कने बताएका थिए ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





