कि सफाइ देऊ कि सजायः कुञ्जना घिमिरे

२०७९ चैत्र १० गते, शुक्रबार

काठमाडौं । अलपत्र रहेको चितवनको गौतमबुद्ध क्रिकेट रंगशालालाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तनावमा छन् । धुर्मुसले भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सरकारलाई अनुरोध गरेको केही दिनमै सुन्तलीले आफू मानसिक यातनाले विक्षिप्त बनेको बताएकी छन् ।

आफ्नो इनबक्समा नग्न तस्वीर आउन थालेको भन्दै सुन्तलीले सुन्नै नसकिने शब्दका गालीगलौजले आफूलाई मानसिक यातना भएको गुनासो गरेकी छन् । ‘अब सुन्न र सहन सक्ने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय । तर जे गर्छौ छिटो गर ।’

आफूलाई तुच्छ गालीको वर्षा भइरहेको भन्दै कुञ्जनाले राज्यसँग मन दुखेको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, ‘अबको हरेक वार्ता खुलेआम रंगशालाको मैदानमा गरियोस् न कि बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्वीर पठाउन सुरू भएको छ, विभिन्न तुच्छ गालीको वर्षा भइरहेको छ । म पनि मान्छे हँु, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’

सुन्तलीको यो मर्मस्पर्शी पोस्टमा फ्यान र साथीभाइले चिन्ता नलिन र साहस बटुल्न सल्लाह दिएका छन् । अभिनेता तथा हास्य कलाकार मनोज गजुरेलले बलियो हुन सुझाएका छन् । रंगशाला बनाउँदा धुर्मुसलाई १८ करोडभन्दा बढी ऋण लागेको छ । सहयोग कबुल गरेकाले पनि अहिले आएर बेवास्ता गरेपनि धुर्मुस चिन्तामा छन् । रंगशालामा निर्माणमा धुर्मुस(सुन्तलीले अनियमितता गरेको भन्दै कतिपयले विरोध पनि गरिरहेका छन् ।

फिल्म ‘सेन्टी भाइरस’ रिलिज भएपछि यो जोडी रंगशाला निर्माणतर्फ लागेको थियो । त्यसपछि उनीहरु अभिनयबाट टाढिएका थिए । केही महिनाअघि अनलाइनखबरसँग कुरा गर्दै धुर्मुसले रंगशालाको विवाद साम्य भएपछि आफू फिल्म र अभिनयमा फर्कने बताएका थिए ।

177 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा

२०८३ श्रावण १८ गते, सोमबार

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सवारी आवागमन बन्द

२०८३ श्रावण १८ गते, सोमबार

निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team

२०८३ श्रावण १७ गते, आईतवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal