मलुकले आज नयाँ राष्ट्रपति पाउँदै

२०७९ फाल्गुन २५ गते, बिहीबार

काठमाडौं । संघीय नेपालले आज चौथो राष्ट्रपति पाउने भएको छ । संसद भवनको ल्होत्सेहल परिसरमा हुने निर्वाचनले मुलुकको चौथो राष्ट्रपति चयन गर्ने भएको हो । राष्ट्रपतिय निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
संघीय नेपालको पहिलो राष्ट्रपतिमा नेपाली काँग्रेसका डा. रामवरण यादव र दोश्रो तथा तेश्रो राष्ट्रपतिमा नेकपा एमालेकी विद्यादेवी भण्डारी निर्वाचित भएकी थिइन् । चौथो राष्ट्रपतिका लागि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । कुनै चमत्कारिक परिवर्तन भएन भने संघीय नेपालको चौथो राष्ट्रपतिमा पौडेल निर्वाचित हुने प्रायः निश्चित जस्तै छ । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका पौडेलको पक्षमा प्रतिनिधि तथा प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलगायत अन्य नौ दल स्पष्ट रुपमा खुलेका छन् । नेम्वाङले भने अहिलेसम्म आफ्नै दल नेकपा एमालेबाहेक अन्य कुनै दलको समर्थन प्राप्त गर्न सकेका छैनन् । राष्ट्रपति निर्वाचनमा प्रदेशका ५ सय ५० र संघीय संसद्का ३ सय ३२ गरी कुल ८ सय ८२ जना मतदाता रहेका छन् । मतदाताको अन्तिम नामावलीमा नाम रहेको जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको हृदयघातका कारण मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ ।
अहिलेसम्म सत्ता गठबन्धनमा आबद्ध आठ र बाहिर रहेका २ दल गरी १० दलले राष्ट्रपतिका लागि पौडेलको पक्षमा मतदान गर्ने निर्णय सार्वजनिक गरिसकेका छन् । निर्णय सार्वजनिक गर्ने १० दलमा सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राजमो, जनमत पार्टी र सत्ता बाहिर रहेका नेपाल समाजवादी पार्टी र आम जनता पार्टी रहेका छन् । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेकपा एमालेसँगको पुस १० गतेको बालकोट सहमति तोड्दै नेकपा माओवादी केन्द्रले फागुन ११ गते नेपाली काँग्रेससहित आठ दलसँग नयाँ गठबन्धन गरेको थियो । प्रदेश तथा संघीय निर्वाचनमा गठबन्धन गरेको काँग्रेसलाई धोका दिँदै एमालेसँगको गठबन्धनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । नेकपा एमालेसँगको तत्कालीन गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय उन्मुक्ति पार्टी र जनमत पार्टी अहिले पौडेलको पक्षमा छन् भने राप्रपा तटस्थ बसेको र रास्वपा यो समाचार तयार पार्दासम्म कसैको पक्षमा स्पष्ट खुलेको अवस्था छैन । उनीहरुको बैठक बसिरहेको छ ।

निर्वाचन आयोगले जनाए अनुसार राष्ट्रपति निर्वाचनका लागि बिहान १० बजेदेखि तीन बजेसम्मको समय मतदानका लागि तोकिएको छ । बेलुका सात बजेसम्म निर्वाचनको नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले प्रदेश सांसद र संघीय सांसदका लागि छुट्टा छुट्टै मतपत्रको व्यवस्था गरेको छ । पौडेलका अनुसार यसपटक मतपत्रमा उमेदवारको नाम र फोटो समेत राखिएको छ ।

149 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा

२०८३ जेष्ठ ७ गते, बिहीबार

तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर

२०८३ जेष्ठ ७ गते, बिहीबार

कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता

२०८३ जेष्ठ ७ गते, बिहीबार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal