छोटो समयमै लामिछानेको राजनीतिक यात्रामा ‘ब्रेक’

काठमाडौं । छोटो समयमै राम्रो चर्चा कमाएका रवि लामिछानेको राजनीति याात्रामा ‘ब्रेक’ लाग्न पुगेको छ । यति छोटो समयमै उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्न सफल भएका लामिछाने सर्वोच्चको आदेशसँगै सांसद पद गुम्न पुगेको छ ।
उनले तत्कालीन टेलिभिजन प्रस्तोता हुँदै १ असार २०७९ मा ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएर राजनीतिमा आउने घोषणा गरेका थिए ।
७ असारमा काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित समारोहमा रविले घण्टी चुनाव चिह्न लिएर राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरे । नयाँ पार्टी घोषणालगत्तै रवि देशदौडाहमा लागे । प्रदेशको चुनावमा भाग नलिने घोषणा गरेका उनले छोटो समयमै देशभर संगठन निर्माण गरे ।
प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार छान्न उनले अनलाइन आवेदन मागे । ४ मंसिरको चुनावअघि लामिछाने नेतृत्वको पार्टीले कति सिट ल्याउला भन्नेमा जनचासो निकै बढेको थियो । ठूला पार्टीका ठूला नेताहरू टेलिभिजनमा कराएजस्तो राजनीति सजिलो नहुने भन्दै रविलाई गिज्याइरहन्थे ।
रविले पार्टी गठन गरेको पाँच महिनामै भाग लिएको आम निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा १३ गरी प्रतिनिधिसभामा २० सिट जितेर देखाइदिए । राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक सफलता हासिल गर्यो ।
रवि नेतृत्वको पार्टीको यो सफलतालाई कांग्रेस, एमाले र माओवादी केन्द्रलगायत ठूला पार्टीप्रतिको वितृष्णाको उपज धेरैले ठानेका छन् । टेलिभिजनमा कार्यक्रम चलाएर लोकप्रिय भएको एक युवाले त्यही लोकप्रियताको जगमा जन्मेको राजनीतिक पार्टीलाई छोटो समयमै असाधारण सफलता मात्रै दिलाएन उनी ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बने ।
तर, उनले नेपाली नागरिकताको प्रमाणपत्र नलिएको प्रकरणमा दोषी ठहर भएसँगै सांसद पद गुमाउन पुगेका छन् ।
ताजा

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम
२०८० आश्विन ३ गते, बुधबार
संविधानले सम्झिएका सुशील र सुवास
२०८० आश्विन ३ गते, बुधबार
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल
२०८० आश्विन ३ गते, बुधबार
संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल
२०८० आश्विन ३ गते, बुधबार
मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा
२०८० आश्विन ३ गते, बुधबार
आज संविधान दिवस, सार्वजनिक विदा
२०८० आश्विन ३ गते, बुधबार
आजदेखि काठमाडौंमा २५ वटा द्रुत बस सञ्चालनमा, ‘रातो बत्ती’मा पनि नरोकिने
२०८० आश्विन ३ गते, बुधबार
हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !
२०८० आश्विन २ गते, मंगलवार
३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू
२०८० आश्विन २ गते, मंगलवारलोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार