जुम्लामा बा,ढीपहिराेबाट ज्यान गु,माउने १० पुगे, ८५ घर पूर्ण क्षति ३०० परिवार राहातको पर्खाइमा

२०७९ आश्विन २६ गते, बुधबार

जुम्लामा केही दिनदेखिकाे अविरल वर्षाका कारण आएकाे बाढी पहिरोबाट धेरै ठूलो जनधनकाे क्षति पुगेको छ।

बाढी पहिरोबाट विस्तापित घरपरिवारलाई उद्धार तथा राहत वितरणका लागि बुधबार जिल्ला विपत व्यवस्थापन समितिको वैठक बसेको छ।

विपत व्यवस्थापन समितिको बैठकमा हालसम्म जिल्लामा बाढीपहिराेबाट १० जनाले ज्यान गुमाएकाे, ८५ घर पूर्ण क्षति भएकाे र तीन परिवार राहतकाे पर्खाइमा रहेकाे प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार कनकासुन्दरी-५ मा गणेश शाहीका पाँच जनाकाे परिवार, दुई छिमेकीसहित सात जनाको मृ,त्यु भएको थियाे। यस्तै, कनकासुन्दरी गाउँपालिका-३ निवासी खड्क न्यौपानेको बाढीले बगाएर मृ,त्यु भएको छ।

हिमागाउँपालिका-३ जोगिवाडामा बाढीले आमाछोरा बगाएकोमा आमाको श,व भेटिएको प्रजिअ केसरीले जानकारी दिए। गुठिचौर गाउँपालिकाको मणिसाँघुमा घर भत्किदा डोल्पा घर भई जुम्ला सदरमुकाम आउँदै गरेकी एक महिलाको मृत्यु भएको छ।

तथ्यांकअनुसार जिल्लामा ८५ घर पूर्ण क्षेति, दुई सय घर आशिंक क्षेति र एक सय घर उच्च जोखिममा रहेका छन् ।

कर्णाली राजमार्ग, नाग्म गमगढि राजमार्ग पहिरोले यातायात आगमन ६ दिन देखि बन्द भएका छन्। २० असाेज बेलुकीबाट टेलिफोन र इन्टरनेट सेवा बन्द छ। भित्र्याउन लागेको मार्सीधानमा धेरै क्षेति पुगेको छ भने सिमी, कोदो, मकैसहितका बालीमा क्षेति पुगेको छ।

राहातमा जुट्यो जुम्ला
जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले तत्काल गर्नुपर्ने काम र राहात व्यवस्थापन बारे निर्णय गरेको छ।

जिल्ला समन्वय समिति, स्थानीय सरकार, राजनैतिक दल, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार तथा नागरिक समाजको उपस्थितमा सम्पन्न बैठकमा तत्काल सडक सुचारु गर्न तथा आकस्मिक रिस्क्यू तथा राहातका लागि जिल्लाको सवै शक्ति प्रयोग गर्ने निर्णय गरेको छ।

बैठकले १९ असाजे ०७९ देखिको अविरल वर्षाका कारण राजमार्गमा पहिरो आई बन्द भएकाले सुचारु गर्न सडक विभागमा सुचारु गर्न अनुरोध गर्ने, जिल्लाका आठ वटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकाले चार लाख र हरेक गाउँपालिकाले दुई लाखका दरले जिल्ला विपत विपत व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने निर्णय गरेकाे छ।

 

जिल्ला व्यवस्थापन समितिको कोष वृद्धिका लागि सर्वसाधारणलाई समेत अनुरोध गर्ने र कर्णाली राजमार्ग तथा सहायक बाटोहरु खुलाउनजिल्लाकासवै डोजर प्रयोग गर्ने निर्णय गरिएको छ।

स्थानीय सरकारले विपतमा पूर्ण रुपमा लागेर काम गर्ने प्रतिबद्धता जनाएको छ। जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले सबै तहले एकसाथ दुःखको घडीमा काम गर्नुपर्ने बताए।

 

चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले स्थानीय तहको क्षेतिको अवस्थाका बिषयमा जानकारी गराएका थिए।

तीन जनाकाे हवाई उद्धार
विपतमा परेर घाईते भएका दुई जना र बिजुली बनाउँदा लडेर घा,ईते भएका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। कनकासुन्दरी गाउँपालिकामा घा,ईते भएका सरस्वति हमाल र रामबहादुर हमाललाई सुर्खेत लगेर उपचार गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

 

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal