मुगुको छाँयानाथ गाउँ पालिकामा पहिरोमा परी ८ जनाको मृ,त्यु भएको छ ।
मुगुको छाँयानाथ रारा नगरपालिका ११ तल्लो सालीमगाउँमा पहिरोमा परी ८ जनाको मृ,त्यु भएको छ । ५ जना घा,इते भएका छन् । २५ घर विस्थापित भएका छन् । अझै केही बेपत्ता छन् । उनीहरूको स्थानीयले खोजी कार्य जारी राखेका छ्न् ।
आइतबार स्थानीय हजारी भग्रीको घरमाथिबाट पहिरो आउन थालेपछि हजारीका परिवारले घरभित्रको सबै सामान छिमेकी मानबहादुर भग्रीको घरमा सारेर दुबै घरपरिवार मानबहादुरको घरमा बसेका थिए। दुबै परिवार घरभित्र बसेका बेलामाथिबाट आएको पहिरोले घर भत्किँदा दुबै परिवारका ८ जनाको मृ,त्यु भएको छाँयानाथ रारा नगरपालिका–११ कि वडा अध्यक्ष कुन्जुमा कुमाईले जानकारी दिइन् ।
पहिरोमा पुरिएर मृ,त्यु हुनेमा छाँयानाथ रारा नगरपालिका–११ कि ८२ वर्षीया गौरीकला बोहोरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय बीरबहादुर भग्री, १५ वर्षीय चक्रबिर बोहोरा, २० वर्षीय सक्क बहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हाजीरा भग्री रहेको वडा अध्यक्ष कुमाईको भनाइ छ ।
आइतबार दिउँसो ३ बजेतिर घ,टना भए पनि मोबाइल सेवामा भएको समस्याका कारण जानकारी बिवरण आज बिहान १० बजे मात्रै आउन सकेको थियो । बाढिकै कारण गमगाड खोलामा पानीको बहाब बढेर खोलाका पुल पुलेसा सबै भत्काएकोले आज बिहान ७ बजे हिँडेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायतको सुरक्षाकर्मीको टोली अझै घटनास्थल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष हमालले जानकारी दिए ।
एक साता यताबाट जिल्लामा फोन, विद्युत्, इन्टरनेट सबै सेवा अवरुद्ध भएकाले वर्षाले जिल्लामा कहाँ कहाँ के कति क्षति भयो त्यो बाहिर आउन सकेको छैन । वर्षाले नगरपालिकाको गमगाडमा रहेका काठे साँघु, झोलुङे पुल सबै बगाएको छ भने गमगाड वितरण केन्द्रमा क्षति पुर्याउदा विद्युत् अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महातले जानकारी गराए ।
अझै जिल्लाभर के कति भौतिक तथा मानवीय क्षति भएको भन्ने जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। सोमबार बिहान मात्र केही गाँउमा पुग्दा दर्जनौं घर भत्किएको पाइएको छ । यातायात पूर्णरूपले अबरुद्ध छ
प्रमुख जिल्ला अधिकारी महतका अनुसार छाँयानाथ रारा नगरपालिका–११ मा भएको घ,टना पीडित तथा अन्य गाँउलेहरूलाई तत्काल सुरक्षित स्थानमा राख्नका लागि वडा अध्यक्षसँग समन्वय भइरहेको र सबै गाउँलेलाई प्रभात मावि रोवामा लगिएको छ। उनीहरूलाई तत्काल राहतका लागि जिल्ला गैर सरकारी संस्थासँग समन्वय गरी तत्काल राहत वितरण गरिने, औषधि र डाक्टरको टोलीसहित आफू घ,टनास्थल पुग्ने प्रमुख जिल्ला अधिकारी महतले बताए।
खराब मौसम र गाउँघरतिर जाने खोलानालामा रहेका सबै पुल,साँघु बगाएको र सञ्चार सुविधा केही नहुँदा उद्दारका लागि घ,टनास्थल खटिएको सुरक्षा टोलीलाई जान कठिन भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





