मुगुको छाँयानाथ गाउँ पालिकामा पहिरोमा परी ८ जनाको मृ,त्यु भएको छ ।

२०७९ आश्विन २५ गते, मंगलवार

मुगुको छाँयानाथ रारा नगरपालिका ११ तल्लो सालीमगाउँमा पहिरोमा परी ८ जनाको मृ,त्यु भएको छ । ५ जना घा,इते भएका छन् । २५ घर विस्थापित भएका छन् । अझै केही बेपत्ता छन् । उनीहरूको स्थानीयले खोजी कार्य जारी राखेका छ्न् ।

 

 

आइतबार स्थानीय हजारी भग्रीको घरमाथिबाट पहिरो आउन थालेपछि हजारीका परिवारले घरभित्रको सबै सामान छिमेकी मानबहादुर भग्रीको घरमा सारेर दुबै घरपरिवार मानबहादुरको घरमा बसेका थिए। दुबै परिवार घरभित्र बसेका बेलामाथिबाट आएको पहिरोले घर भत्किँदा दुबै परिवारका ८ जनाको मृ,त्यु भएको छाँयानाथ रारा नगरपालिका–११ कि वडा अध्यक्ष कुन्जुमा कुमाईले जानकारी दिइन् ।

 

 

 

पहिरोमा पुरिएर मृ,त्यु हुनेमा छाँयानाथ रारा नगरपालिका–११ कि ८२ वर्षीया गौरीकला बोहोरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय बीरबहादुर भग्री, १५ वर्षीय चक्रबिर बोहोरा, २० वर्षीय सक्क बहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हाजीरा भग्री रहेको वडा अध्यक्ष कुमाईको भनाइ छ ।

 

 

 

आइतबार दिउँसो ३ बजेतिर घ,टना भए पनि मोबाइल सेवामा भएको समस्याका कारण जानकारी बिवरण आज बिहान १० बजे मात्रै आउन सकेको थियो । बाढिकै कारण गमगाड खोलामा पानीको बहाब बढेर खोलाका पुल पुलेसा सबै भत्काएकोले आज बिहान ७ बजे हिँडेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायतको सुरक्षाकर्मीको टोली अझै घटनास्थल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष हमालले जानकारी दिए ।

 

 

 

एक साता यताबाट जिल्लामा फोन, विद्युत्, इन्टरनेट सबै सेवा अवरुद्ध भएकाले वर्षाले जिल्लामा कहाँ कहाँ के कति क्षति भयो त्यो बाहिर आउन सकेको छैन । वर्षाले नगरपालिकाको गमगाडमा रहेका काठे साँघु, झोलुङे पुल सबै बगाएको छ भने गमगाड वितरण केन्द्रमा क्षति पुर्‍याउदा विद्युत् अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महातले जानकारी गराए ।

 

 

 

अझै जिल्लाभर के कति भौतिक तथा मानवीय क्षति भएको भन्ने जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। सोमबार बिहान मात्र केही गाँउमा पुग्दा दर्जनौं घर भत्किएको पाइएको छ । यातायात पूर्णरूपले अबरुद्ध छ

 

 

 

प्रमुख जिल्ला अधिकारी महतका अनुसार छाँयानाथ रारा नगरपालिका–११ मा भएको घ,टना पीडित तथा अन्य गाँउलेहरूलाई तत्काल सुरक्षित स्थानमा राख्नका लागि वडा अध्यक्षसँग समन्वय भइरहेको र सबै गाउँलेलाई प्रभात मावि रोवामा लगिएको छ। उनीहरूलाई तत्काल राहतका लागि जिल्ला गैर सरकारी संस्थासँग समन्वय गरी तत्काल राहत वितरण गरिने, औषधि र डाक्टरको टोलीसहित आफू घ,टनास्थल पुग्ने प्रमुख जिल्ला अधिकारी महतले बताए।

 

 

 

खराब मौसम र गाउँघरतिर जाने खोलानालामा रहेका सबै पुल,साँघु बगाएको र सञ्चार सुविधा केही नहुँदा उद्दारका लागि घ,टनास्थल खटिएको सुरक्षा टोलीलाई जान कठिन भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

85 Views

ताजा

भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड

२०८२ असार ३० गते, सोमबार

भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड

२०८२ असार ३० गते, सोमबार

दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप

२०८२ असार ३० गते, सोमबार

विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२ सम्पन्न

२०८२ असार ३० गते, सोमबार

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा 

२०८२ असार ३० गते, सोमबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal