अबिरल बर्षाका कारण बाँकेका ८० घरपरिवार विस्थापित
२०७९ आश्विन २० गते, बिहीबार
बर्दिया । अविरल वर्षाका कारण बाँकेको राप्ती नदी र डुडुवा खोलामा आएको बाढी गाउँमा पस्दा डुडुवा गाउँपालिकाका चार गाउँ डुबानमा परेका छन्।
गाउँपालिकाअन्तर्गत कृषि चौफेरी, बडर चौफेरी, छोड्कु चौफेरी र सीता पुरूवा गाउँ डुबानमा परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
डुबानबाट झन्डै ८० घरपरिवार विस्थापित भएका छन्। करिब दुई सय व्यक्तिलाई वडा नम्बर १, सीता पुरूवामा गाउँपालिकाले निर्माण गरेका तीनवटा भवनमा स्थानान्तरण गरिएको छ।
गाउँमा मानिसको कम्मरभन्दा माथि पानी बगे पनि मानिस र चौपायालाई हालसम्म कुनै क्षति नभएको बताइएको छ । बाढीबाट करोडौं क्षति भएको अनुमान समेत गरिएको छ । डुडुवा गाउँपालिका राप्ती नदी र डुडुवा खोलाको बीचमा पर्ने भूभाग हो।
116 Views