हर्क-बालेन आए, अब सहरी क्षेत्रमा दलले चुनाव जित्न सजिलो छैनः (डा.भट्टराई)

२०७९ आश्विन १६ गते, आईतवार

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाको बैठकमा बालेन्द्र शाह, हर्क सामपाङको प्रशंसा गरेका छन् ।

शनिवार बसेको प्रतिनिधि सभाको एघारौँ अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्दै अध्यक्ष भट्टराईले राजनीतिमा युवाहरूको लहर आएको बताउँदै सहरी क्षेत्रमा पुराना दललाई अब चुनाव जित्न कठिन हुने दिन आएको बताए ।

ग्रामीण दुर्गम क्षेत्रमा राजनीतिक दलले संगठनको बलमा चुनाव जिते पनि सहरी क्षेत्रमा चुनाव जित्न कठिन अवस्था आएकोले युवाको मनोभावना अनुसार दलहरू अघि नबढे असफल हुने बताए ।अध्यक्ष भट्टराईले बितेको ५ वर्षमा राजनीतिक दलहरू पास हुन नसकेको बताए ।

उनले इतिहासले सुम्पिएको जिम्मेवारी राजनीतिक दलहरूले कति पुरा गर्न सके समीक्षा गर्ने बेला भएको बताए ।उनले भने–ुहामीलाई जनताले कसरी हेरिरहेका छन्, हामीले त्यसमा विचार गर्न आवश्यक छ । राजनीतिक विकृतिहरूका समाचारमा आफैलाई हेर्न जरुरी छ ।

यही संसदबाट निर्वाचित भएको सरकारले यही संसद्लाई दुई पटक विघटन गर्न पुग्यो । धन्न हामीले जोगाउन सफल भयौँ ।

उनले सङ्क्रमणकालीन न्यायको विषय कुनै दल समूह विशेषको नभई देशको शान्ति प्रक्रियासँग जोडिएको उल्लेख गर्दै सो बारेको विधेयक पास हुन नदिई राजनीतिकरण गरिएको उल्लेख गरे ।

सङ्क्रमणकालीन न्यायका लागि हजारौँ पीडित जनता प्रतिक्षमा रहेको बताउँदै उनीहरूले न्याय पाउनु पर्दैन भन्दै प्रश्न गरे ।

उनले यो विषय विस्तृत शान्ति सम्झौतापछि सबैको साझा समस्याको रूपमा रहेको बताए ।यस्तै डा। भट्टराईले नागरिकता विधेयकमा राजनीतिकरण गर्दै लम्ब्याएकोमा दुःख व्यक्त गरे ।

उनले नागरिकताको विषयमा दलीय आधारमा लम्बिनु नहुने धारणा उल्लेख गर्दै नागरिकता विधेयकमा कुनै बहाना नगरी छिटो पास गर्नुपर्नेमा कमजोरी भएको बताए ।उनले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नक्सामा समावेश गरेँ भनेर राष्ट्रवादी बनेर तिघ्रा पिट्ने तर त्यो प्राप्तिका लागि कुनै काम नभएको उल्लेख गरे ।

उनले संविधान जारी हुने बेला यो संविधान आधा गिलास भरी र आधा खाली भनेको विषयलाई स्मरण गर्दै संविधानमा पूरा नभएका विषयलाई पूर्णता दिन अझै काम गर्न जरुरी रहेको बताए ।

87 Views

ताजा

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

तारकेश्वर डाँडागाउँ चौकीमा खुल्यो सिवांगी ब्युटी जोन, १ महिनासम्म विशेष अफर

२०८१ श्रावण ४ गते, शुक्रबार

भनाइ पत्रकारको निर्वाचन, गराइ राजनीतिक स्वार्थसिद्धिको खेल

२०८१ श्रावण ४ गते, शुक्रबार

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)

२०८१ श्रावण ४ गते, शुक्रबार

सर्वाधिक चर्चामा “हरहर महादेव” (भिडियो सहित)

२०८१ श्रावण २ गते, बुधबार

ढल्यो प्रचण्ड सरकार, पक्षमा ६३, विपक्षमा १९४ मत

२०८१ असार २८ गते, शुक्रबार

निर्मलाका हत्यारा र जीबी राई खोइ पक्राउ गरेको ? : ज्ञानेन्द्र शाही

२०८१ असार २८ गते, शुक्रबार

गृहमन्त्री लामिछानेको आक्षेप, फाइल खोलेको २४ घण्टामा सरकार ढालियो

२०८१ असार २८ गते, शुक्रबार

कला संगीत मानव भावनाको सुन्दर प्रस्तुति हो –कलाकार निर्मला घिसिङ

२०८१ असार २८ गते, शुक्रबार

कास्की पहिरो अपडेट: मृतकको सङ्ख्या ११ पुग्यो

२०८१ असार २८ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal