हर्क-बालेन आए, अब सहरी क्षेत्रमा दलले चुनाव जित्न सजिलो छैनः (डा.भट्टराई)
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाको बैठकमा बालेन्द्र शाह, हर्क सामपाङको प्रशंसा गरेका छन् ।
शनिवार बसेको प्रतिनिधि सभाको एघारौँ अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्दै अध्यक्ष भट्टराईले राजनीतिमा युवाहरूको लहर आएको बताउँदै सहरी क्षेत्रमा पुराना दललाई अब चुनाव जित्न कठिन हुने दिन आएको बताए ।
ग्रामीण दुर्गम क्षेत्रमा राजनीतिक दलले संगठनको बलमा चुनाव जिते पनि सहरी क्षेत्रमा चुनाव जित्न कठिन अवस्था आएकोले युवाको मनोभावना अनुसार दलहरू अघि नबढे असफल हुने बताए ।अध्यक्ष भट्टराईले बितेको ५ वर्षमा राजनीतिक दलहरू पास हुन नसकेको बताए ।
उनले इतिहासले सुम्पिएको जिम्मेवारी राजनीतिक दलहरूले कति पुरा गर्न सके समीक्षा गर्ने बेला भएको बताए ।उनले भने–ुहामीलाई जनताले कसरी हेरिरहेका छन्, हामीले त्यसमा विचार गर्न आवश्यक छ । राजनीतिक विकृतिहरूका समाचारमा आफैलाई हेर्न जरुरी छ ।
यही संसदबाट निर्वाचित भएको सरकारले यही संसद्लाई दुई पटक विघटन गर्न पुग्यो । धन्न हामीले जोगाउन सफल भयौँ ।
उनले सङ्क्रमणकालीन न्यायको विषय कुनै दल समूह विशेषको नभई देशको शान्ति प्रक्रियासँग जोडिएको उल्लेख गर्दै सो बारेको विधेयक पास हुन नदिई राजनीतिकरण गरिएको उल्लेख गरे ।
सङ्क्रमणकालीन न्यायका लागि हजारौँ पीडित जनता प्रतिक्षमा रहेको बताउँदै उनीहरूले न्याय पाउनु पर्दैन भन्दै प्रश्न गरे ।
उनले यो विषय विस्तृत शान्ति सम्झौतापछि सबैको साझा समस्याको रूपमा रहेको बताए ।यस्तै डा। भट्टराईले नागरिकता विधेयकमा राजनीतिकरण गर्दै लम्ब्याएकोमा दुःख व्यक्त गरे ।
उनले नागरिकताको विषयमा दलीय आधारमा लम्बिनु नहुने धारणा उल्लेख गर्दै नागरिकता विधेयकमा कुनै बहाना नगरी छिटो पास गर्नुपर्नेमा कमजोरी भएको बताए ।उनले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नक्सामा समावेश गरेँ भनेर राष्ट्रवादी बनेर तिघ्रा पिट्ने तर त्यो प्राप्तिका लागि कुनै काम नभएको उल्लेख गरे ।
उनले संविधान जारी हुने बेला यो संविधान आधा गिलास भरी र आधा खाली भनेको विषयलाई स्मरण गर्दै संविधानमा पूरा नभएका विषयलाई पूर्णता दिन अझै काम गर्न जरुरी रहेको बताए ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





