‘नालापानी’ को ट्रेलर सार्वजनिक

२०७९ आश्विन १४ गते, शुक्रबार

नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाण्डाैमा एक कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सन् १८१४ मा देहरादुनकाे नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले ल,डेको ऐतिहासिक लडाइँमा आधारित भए चलचित्र निर्माण गरिएकाे हाे ।

ट्रेलरमा नालापानी गढीमा अङ्ग्रेज सैनिक वि,रुद्ध नेपाली फौजले लडेको साहसिक लडाइँलाई देखाइएको छ । दुई मिनेट ४१ सेकेन्ड लामाे ट्रेलरमा अङ्ग्रेजसँगको ल,डाइँका क्रममा देखाइएका दृश्य वास्तविक लाग्छन् ।

ट्रेलर हेर्दा घमासान युद्ध र ऐतिहासिक कथावस्तुमा बनेका फिल्म मन पराउने दर्शकलाई ‘नालापानी’ ले आकर्षित गर्नसक्ने देखिन्छ ।

तिहारको छेको पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् । ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर, नाै वर्ष लगाएर चलचित्र बनाएकाे बताए ।

चलचित्रले नेपाली वीरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन पनि उनले चलचित्र सम्बद्ध सङ्घ–संस्था तथा राज्यसँग अपिल गरे ।  उनले नालापानी एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले दर्शकलाई एक पटक हेरिदिन पनि आग्रह गरे ।

कार्यक्रममा नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले ट्रेलरका दृश्यहरू हेर्दा आफू पनि त्यो युद्धमा सिपाहीको रूपमा कतै ल,डाइँ लडिरहेको हो कि भन्ने महसुस भएको बताए ।

राज्यले समेत विशेष चलचित्र भनेर उद्घोष गरिसकेको चलचित्रलाई एक हप्ता सोलो रूपमा चल्न दिनुपर्ने उनकाे भनाइ छ ।

चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’ को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा. डा. धनराज कुँवर, प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा. डा. सुरेन्द्र केसी, पूर्वसहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ लगायतका पुस्तकमा आधारित रहेर नालापानी तयार पारिएको हो ।

चलचित्रमा देशभक्त खनाल अर्जुनजंग शाही, सन्तोष पन्त मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, गायत्री घिमिरेलगायतको अभिनय छ ।

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ ?

२०८३ असार १४ गते, आईतवार

‘लोकलयमा पहिलो चारुसङ्ग्रह’ सार्वजनिक

२०८३ असार १४ गते, आईतवार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal