ठोरीको विकासमा सबैले हातेमालो गरौँ : सहरी मन्त्री चौधरी

२०७९ आश्विन १० गते, सोमबार

असोज–१०, पर्सा ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका छन् ।
पर्साको पश्चिम क्षेत्रमा रहेको ठोरी गाउँपालिकामा सघन सहरी कार्यक्रम अन्तर्गत सहरी पूर्वाधार निर्माण कार्यक्रमका लागि करिब १० करोडका आयोजनाहरुको शिलान्यास गर्दै आइतबार मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् ।
‘भगवान् रामसँग जोडिएको ठोरीको समग्र विकासमा सबै जुटौँ । यस्तो ऐतिहासिक ठाउँको बृहत्तर विकास गर्ने सवालमा यो दल त्यो दल नभनौँ । यसो गर्न सकिएमा हिन्दु धर्मावलम्बीहरुको घुइचो लाग्ने छ । धार्मिक पर्यटनको राम्रो गन्तव्य बन्ने निश्चित छ ।’ मन्त्री चौधरीको भनाइ थियो ।
ठोरीलाई चिनाउन, ठोरीको प्रचार गर्न र विकासका आयोजनाहरु निर्माणको पहल गर्न ठोरी आएको बताउँदै मन्त्री चौधरीले जननिर्वाचित प्रतिनिधिहरुले सबैलाई समेटेर नेतृत्व गर्न आग्रह समेत गरेका थिए ।
ठोरी माधव ताल, पञ्चेश्वर धाम, ठोरी बजार पूर्वाधार निर्माण, विजय बस्ती सभा हाल, सरस्वती मावि भवन निर्माण, सडक विस्तार, पिच तथा ढलानलगायत दर्जनौँ आयोजनाहरुको शिलान्यास कार्यक्रममा सहरी मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सह सचिव पद्म कुमार मैनाली, ठोरी गाउँ पालिकाका अध्यक्ष लालबाबु श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, एकीकृत समाजवादी पर्साका कार्यबाहक अध्यक्ष गंगा बहादुर खड्का, मनोज चौधरी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य बृजलाल पासवान, पर्सा जिल्ला अध्यक्ष मनोज पटेल लगायतले मन्तव्य राखेका थिए ।

82 Views

ताजा

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

२०८० चैत्र २३ गते, शुक्रबार

मादकपदार्थको नशामा शैक्षिक सुदृढीकरणको रन्को

२०८० चैत्र २३ गते, शुक्रबार

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा

२०८० चैत्र २३ गते, शुक्रबार

गीतकार तारा अधिकारीको ‘जे पायो त्यही’ को म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)

२०८० चैत्र २३ गते, शुक्रबार

चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

२०८० चैत्र २३ गते, शुक्रबार

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

२०८० चैत्र २२ गते, बिहीबार

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित

२०८० चैत्र २२ गते, बिहीबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal