बुङ्गुरको मलमुत्र सफा गर्ने क्रममा नि,सास्सिएर कोरियामा एक नेपालीको मृ’त्यु !
दक्षिण कोरियाको राजधानी सिओल देखि अन्दाजी २ सय किमीको दुरीमा रहेको छुङनाम सिटिको छङयाङ गाउंको पिबोङम्यन भन्ने स्थानमा रहेको एक बुंगर र्फाममा कार्यरत एक नेपाली र एक कोरियन नागरिकको मृ’त्यु भएको कोरियाली समाचारपत्रहरुले जनाएको छ ।
समाचार पत्रका अनुसार गत १७ तारिख रातको अन्दाजी १ बजेर १० मिनटमा र्फाममा बंगुरको दिशा जम्मा गर्ने टंयांकीको पाईप जाम भई बिग्रिए पछि सो टंयांकीको जाम भएको पाईप मर्मत गर्न भनी निस्कीएको दुई कामदार लामो समय काटी सक्दा पनि फर्केर नआएर पछि र्फामको साहुले खोज्दै जांदा टंयांकीको पाईप मर्मत गरि रहेकै स्थलमा दुई कामदार मृ,त अवस्था फेला पारी प्रहरीलाई जानकारी गराएको बताएको छ ।
प्रहरीका अनुसार बंगुरको दिशाबाट निस्कने बिषाक्त ग्यांसको कारण मृ,त भएको हुन सक्ने भएता पनि मृ’त्युको कारण पोस्र्टमार्डम पछि मात्र विस्तृत रुपमा पुष्टि हुने जनाएको छ ।
मृ,तक नेपाली सो कम्पनीमा विगत ८ बर्ष अघि देखि काम गर्दे आएको पुष्टि भएको छ ।
मृ,तक नेपाली नेपालको लमजुङ जिल्ला, बिम्ला घर भई अन्दाजी ५४ बर्षिय ईन्द्र गुरुङ रहेको लमजुङ परिवार दक्षिण कोरियाका पदाधिकारी मेघ प्रसाद वाईवाले जानकारी दिनु भएको छ ।
परिवारका पदाधिकारी वाईवाका अनुसार मृ,तक गुरुङ लामो समय देखि कोरियालाई कर्मथलो बनाई लमजुङ परिवारको संस्थापक सदस्य, केन्द्रिय सल्लाहकार रहि सामाजिक कार्यमा सदैव अग्रसर रहनु हुने अग्रज व्यक्तित्वको असामयिक नि,धनले स्तब्ध तुल्याएको बताए ।
प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राई भन्नु हुन्छ विगतका दिनहरुमा पनि बंगुरको र्फाममा काम गर्ने २ जना नेपाली यस्तै दु,र्घटनाबाट मृ’त्यु भई सकेको छ ।
यस सम्बन्धमा कोरियाली श्रम मन्त्रालयले मापदण्ड पनि बनाएको छ । तर र्फाम संचालकहरुले श्रम मन्त्रालयको मापदण्डको उल्लंघन गर्दे होचुवाको भरमा विदेशी कामदारहरुलाई काममा लगाउने हुनाले यस्ता दु,र्घटना हुने गर्दछ भन्दै मृ,तक गुरुङले उचित क्षतिपूर्ती पाउनु पर्ने बताए ।
कोरियाली श्रम मन्त्रालयको मापदण्ड अनुसार कुनै पनि टंयाकी भित्र पसी काम गर्नु परेमा टंयाकीमा बिषाक्त ग्यांसको मात्रा कति पीपी छ नाप्ने, अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको सुरक्षित पोशाक लगाउने, बत्ति लाईटको व्यवस्था हुनु पर्ने, टंयाकी बाहिर आपतकालिन अवस्थामा सहयोग गर्ने व्यक्ति अनिवार्य राख्नु पर्ने आदी रहेको छ ।
ताजा
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवार
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवार
बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे
२०८२ फाल्गुन २६ गते, मंगलवार
भोलि भट्टराई भारत जाने
२०८२ फाल्गुन २६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को छायांकन सुरु
२०८२ फाल्गुन २६ गते, मंगलवार
लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान
२०८२ फाल्गुन २६ गते, मंगलवार
लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया
२०८२ फाल्गुन २६ गते, मंगलवार
गण्डकीमा एमाले र नेकपा शून्य
२०८२ फाल्गुन २६ गते, मंगलवार
आज दिनभर साधारणतया बादल लाग्ने
२०८२ फाल्गुन २६ गते, मंगलवार
बिहीबार निर्वाचन प्रहरीको बिदाइ
२०८२ फाल्गुन २६ गते, मंगलवार
समानुपातिकमा पनि रास्वपाकै वर्चस्व
२०८२ फाल्गुन २६ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





