पाकिस्तानमा अविरल वर्षा र बा,ढीका कारण १५ सयभन्दा बढीको मृ,त्यु, १२ हजार घा,इते

२०७९ आश्विन ३ गते, सोमबार

पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृ,त्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ ।

यस प्रकोपमा परी १२ हजार भन्दा बढी घा,इते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

एनडीएमएले शनिबार साँझ जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बा,ढी सम्बन्धी दु,र्घटनामा ज्यान गुमाउनेमा पाँच सय ५२ बालबालिका र तीन सय १५ महिला रहेका छन् ।

देशको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी प्रभावित क्षेत्र भएको छ । यहाँ यस प्रकोपमा परी छ सय ७८ व्यक्तिको मृ,त्यु भएको बताइएको छ ।

 

त्यसपछि उत्तरपश्चिम खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरू छन् जसले क्रमशः तीन सय ६ दुई सय ९९ जनाको मृ,त्यु भएको जनाइएको छ ।

यसबाहेक, पाकिस्तानका विभिन्न भागहरूमा १९ लाख ४३ हजार नौ सय ७८ घरहरू ध्व,स्त भएका र नौ लाख ४३ हजार नौ सय नौ पशुधनको मृ,त्यु भएको जनाइएको छ ।

 

यस मौसमी वर्षा र बाढीकोकारण १२ हजार सात सय ३५ किलोमिटर लामो सडक र तीन सय ७५ पुलमा क्ष,ति पुगेको उल्लेख गरिएको छ ।

यसका अतिरिक्त ८१ जिल्ला र अनुमानित तीन करोड ३० लाख ४६ हजार तीन सय २९ मानिस बा,ढीबाट प्रभावित भएका एनडीएमएले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

बा,ढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी रहेको छ ।

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal