गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
जापान भ्रमणमा रहेकी लोकदोहोरी गायिका अमृता सिर्पालीलाई दुर्व्यवहार भएको छ । सांगितिक कार्यक्रमको सिलसिलमा जापानमा रहेकी बेनी नगरपालिका वडा नं ३ भकिम्लीकी सिर्पालीलाई धौलागिरी दोहोरी साझँ जापानका सञ्चालक धन थापाले विभिन्न किसिमका टर्चर दिने गरेको बताएकी छन् । धौलागिरी दोहोरी साझँका सञ्चालक थापाको स्पोन्सरमा जापान गएकी सिर्पालीलाई गलत नजरले हेर्न, विभिन्न कार्यक्रममा सहभागी भएवापत कमिसन माग्ने तथा लगातार अनावश्यक टर्चर दिने गरेको बताईन् ।
‘मलाई विभिन्न किसिमको धम्की आउने गरेको छ,‘चरित्रमाथि नै प्रश्न उठाउने, भौतिक रुपमै आक्रमण गरेपछि अहिले असुरक्षित भएको छु’ गायिका सिर्पालीले भनिन् । उनले सामाजिक प्रतिष्ठा, सांगितिक क्षेत्रमै असर गर्ने, ब्यक्तिगत चाहना पूरा नहुदाँ भौतिक रुपमै आक्रमण गरेपछि ओशाकाको एक घरमा शरण लिएर बसेको बताईन् ।
गायिका सिर्पालीको भकिम्लीमा रहेका बुबाआमालाई समेत फोन गरी अनावश्यक टर्चर दिने गरेको गुनासो गरेकी छन् । ‘मेरो दुई महिनाको भिषा अझै छ,‘कुनैपनि बेला जेपनि गर्नसक्छु भन्दै धम्की दिएको छ,असुरक्षित बनिरहेको छु’ सिर्पालीले भनिन् । उनले आफ्नो सुरक्षाको माग गदैं मोना जापान,लोकदोहोरी प्रतिष्ठान जापान शाखालाई समेत लिखित निवेदन पेश गरेकी छन् ।
पछिल्लो समय लोकदोहारी क्षेत्रमा आफ्नो फरक पहिचान बनाएकी सिर्पाली लामो समयसम्म दिदीको उपचारमा सक्रिय थिईन् । उनकी दिदी मिना विकको उपचारको अभिायनमा समेत जापानमा रहेका म्याग्देली सहित नेपालीले साथ दिएकाले उक्त यात्रामा सबैलाई धन्यवाद सहितका कार्यक्रमहरु समेत तय भएको अवस्थामा धौलागिरी दोहोरी साझँ जापानका सञ्चालक थापाले अवरोध गर्ने गरेका थिए ।
यता मोना जापानका सचिव गणेश श्रेष्ठले गायिकामाथि भएको दुब्र्यवहारको छानविनको माग गरेका छन् । जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ र सचिव श्रेष्ठद्धारा जारी विज्ञप्तीमा दोहोरीका सञ्चालकलाई कानुनी कारवाही सहित गायिकाको ज्यानको रक्षाको माग गरिएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





