महा,नगरको नजर पछि फेरिएको असन

२०७९ भाद्र २८ गते, मंगलवार

बागबजारकी मीना श्रेष्ठको किनमेल गर्न आइरहने ठाउँ हो असन । प्राय टिमुर,मरिच, बिरेनुन जस्ता परम्प रागत तथा अन्य काजु” बदाम र यस्ता मसलालगायतका सामान किन्न श्रेष्ठ असन आइरहनु हुन्छ । सधैँ आइरहने र नजिकैको ठाउँ भए पनि श्रेष्ठलाई यसपटक असन किनमेलका लागि सहज र रमाइलो लागेको छ । श्रेष्ठ भन्नु हुन्छ असन त सधैँ आएकै हो ।तर यस पटक आउँदा भने आनन्द लाग्यो । वर्षौँ देखिको फुटपाथ पसल हटेर किनमेल गर्न सजिलो भएको छ । देख्दा पनि अलि व्यवस्थित र राम्रो देखिएको छ ।”

सधैँ व्यस्त र भिड-भाड रहने असनमा अहिले पनि भिड त घटेको छैन । तर पैदल यात्रु र किन मेल गर्न आउने ग्राहकका लागि भने होलो । खुकुलो र सहज बनेको छ । काठमाण्डौ महानगरले अनधिकृत संरचना हटाउने र फुटपाथ पसल निषेध गरेपछि असनको यो स्वरुप देखिएको हो ।”

असन चोकमा पुस्तौँ देखि भाइ मसलाको व्यापार गरिरहनु भएका योगे,श्वर मुल्मी पनि महानगरको फुटपाथ पसल हटाउने यो कदमले खुसी देखिनु हुन्छ । उहाँ भन्नु हुन्छ फुटपाथ पसलले गर्दा हामीनकहाँ आउन लागेको ग्राहक पनि अनावश्यक भिड-भाडले आउन नसक्ने अवस्था थियो ।”

उहाँ अगाडि थप्नुहुन्छ । ग्राहक आइ हाले पनि हतार हतार किनमेल गरेर जानु पर्दा ग्राहकले किन्न आएको सामान बिर्सने । कहिले किनेको सामान नै बिर्सने हुँदा ग्राहक आउन नै झण्,झट मान्ने हुन्थ्यो । अब सुधार आएको छ हेर्दा पनि राम्रो देखिएको छ । विशेषगरी पैदल यात्रीलाई एकदमै सहज भएको छ । फुटपाथ पसल हटेपछि खुसी देखिनु भएका मुल्मी भन्नुहुन्छ ।अब त हाम्रो पनि व्यापार बढ्ला भनेर आश गरेका छौँ ।”

असन चोकको मन्दिर वरपर रहने फुटपाथ पसल र दायाँ-बायाँका पसलेले पसल भन्दा बाहिर सामान बाटोमा राख्ने गर्दा पैदलयात्रीलाई हिँड्न असहज बनेको थियो । र बाहिर सामान झुण्ड्याउँदा सडक कुरुप देखिन्थ्यो । महानगरबपालिकाको कदमपछि यी दुवै कुरामा सुधार देखिएको छ । हेर्दा खुला र व्यवस्थित पनि देखिएको छ ।

असन भएर हिँड्दै न्युरोड जान लाग्नु भएका श्याम केसी पनि फुटपाथ पसल हटेर हिँड्न सहज भएकोमा खुसी हुनु हुन्छ । महानगरको यो कदमलाई धन्यवाद दिँदै केसी भन्नुनहुन्छ ।असन भने पछि सधैँ भिड हुने ठाउँ नै हो । हुनत अहिले पनि भिड नै छ तर पनि हिँड्न सजिलो भएको छ । फुटपाथ पसल छैन । यसले धेरै नै सजिलो भएको छ ।

उहाँ अगाडि भन्नु हुन्छ, फुटपाथ पसल हटेर हिँड्न धेरै नै सजिलो भएको हो । अझ यहाँका पसलेले बाहिर सामान निकालेर पनि हिँड्न गाह्रो हुन्थ्यो । अहिले त्यो पनि महानगरले बन्द गराएछ । त्यसले पनि पैदल यात्रीलाई भने निकै नै सजिलो भएको छ ।’

साँघुरो बाटो अनि त्यसमा पनि फुट पाथमा पसल र पसलेले पनि पसल बाहिर सामान निकाल्दा असन साँच्चिकै साँघुरो बनेको थियो । त्यसमा पनि मोटरसाइकल र कहिँले काहीँ आउने ट्याक्सी तथा अरु साना गाडीका कारण बटुवालाई कताबाट हिँड्ने र गाडी आउँदा कता पन्छिने भन्ने ठूलै समस्या थियो ।”

८;९ वर्षदेखि असनमा जुत्ता पसल गरिरहनु भएका सन्तोष भुजेल असन व्यवस्थित भएकोमा खुसी देखिनुहुन्छ । उहाँ भन्नु हुन्छ ।महानगरमा बालेन आएपछि गरेको यो काम राम्रो हो । तर यो यसरी नै निरन्तर हुन्छ कि हुँदैन भन्नेमा भने शङ्का छ । किनकि पहिले पनि फुटपाथ हटाउने भनियो । केही समय यसो केही गरेबजस्तो फेरि उस्तै हुने अवस्था देखियो ।”

उहाँ अझ अगाडि थप्नु हुन्छ । हुनत हामीले पनि पसलको अगाडि अलि कति सामान राख्ने गरेका थियौँ । हामीलाई पनि केही नभा,नभा जस्तो त भाको छ । तर जे होस यसले असन राम्रो देखिएको छ र व्यवस्थित पनि भएको छ ।”

चाड पर्वमा हुने किनमेलको भिडले मान्छे नै जाम हुने अवस्था पनि हुन्थ्यो असनमा । अझ त्यसमा मोटरसाइकल र ट्या,क्सी पनि थपिँदा झनै असहज हुन्थ्यो । महानगरले फुटपाथ व्यवस्थित बनाउने अभियान थालेपछि अहिले भने पैदल यात्रीले निकै राहत महसुस गरेका छन् ।”

असन भएर पैदलै इन्द्र,चोक जान लाग्नु भएकी सरिता श्रेष्ठ असन इन्द्र,चोक क्षेत्रका फुटपाथ पसल हटेर हिँड्न सहज भएकोमा प्रसन्न देखिनुहुन्छ । उहाँ भन्नुु हुन्छ असन मात्र नभएर इन्द्र,चोकको मन्दिर वरपरको फुटपाथ पसल र ट्यासी पार्किङ पनि हटाएको छ महानगरले । यसले असन तथा इन्द्र,चोक सफा र राम्रो, हिँड्नलाई पनि सजिलो भएको छ ।”

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal