शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण ब,न्द गर्ने छू – बालेन

२०७९ भाद्र २७ गते, सोमबार

काठमाडौं महानगरपालिका र उससँग भगिनी सम्बन्ध भएका विभिन्न महानगरपालिका र नगरपालिकाका प्रमुखहरू भक्तपुर आएका छन्।

महानगरसँग भगिनी सम्बन्ध भएका विराटनगर महानगर, जुम्लाको चन्दननाथ नपा, नवलपरासीको रामग्राम नपा, सिन्धुपाल्चोकको मेलम्ची नपा, धनकुटाको पाख्रीबास नपा, डडेलधुराको अमढरगढी नपा र विदेशी पाहुनाहरू नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्षद सदस्य मोहम्मद हुसेन सरिफ तथा महानगर तथा नपाका प्रमुख प्रशासकीय अधिकृतलगायत ७५ जनाको समूह शनिबार भक्तपुर पुगेको हो।

टोलीले दरबार क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाहरूको स्थलगत अवलोकन भ्रमण गरेको छ।

इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आएको उक्त भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले भक्तपुर नपा २ ब्यासीस्थित नगरपालिका सभाकक्षमा उनीहरूको स्वागतमा एक कार्यक्रम आयोजना गर्‍यो।

उक्त टोलीलाई नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगोअंकित परम्परागत खादा र महिला अतिथिलाई सुर्केथैली उपहारसहित स्वागत गरे।

कार्यक्रममा प्रजापतिले भक्तपुर नपामा वैज्ञानिक समाजवादप्रति आस्थावान् जनप्रतिनिधि कार्यरत रहेको बताउँदै भक्तपुरमा मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरूप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्य गर्दै संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख बाटोतर्फ अगाडि बढिरहेको बताए।

उनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले देखेको सय वर्षपछिको भक्तपुरको आधार निर्माण गरिरहेको पनि सो अवसरमा बताए।

जनप्रतिनिधिबीचको अनुभव आदानप्रदानले एकअर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने बताउँदै उनले जनतासँग नजिक बसेर काम गर्ने स्थानीय सरकारहरूले निर्वाचनका समयमा दिएको वचनअनुसारको काम इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए।

‘आत्मनिर्भरतालाई जोड दिएर विदेशी सहयोग अस्वीकार गर्दै जनताको साथ र सहयोगमा भक्तपुरका सम्पदाहरूको पुनर्निर्माण र जीर्णोद्धार भइरहेका छन्’,

उनले भने। उनले जुनसुकै काम ठेक्कामार्फत गराउनुपर्ने कानुनी व्यवस्थाले राज्य कमजोर र व्यक्ति बलियो हुँदै गइरहेको बताउँदै निर्वाचन विचारको प्रतिस्पर्धा हुनुपर्नेमा धन र डनको प्रतिस्पर्धा हुनु विडम्बनाको विषय भएको बताए।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको संक्षिप्त प्रस्तुतीकरण देखाउँदै कला र संस्कृतिमा धनी भक्तपुर नगरलाई विश्वकै हेर्नलायक सहरका रूपमा विकास गर्न नगरपालिका अग्रसर रहेको बताइन्।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाइबाट आफू निकै प्रभावित भएको बताउँदै ठेक्कापट्टाबाट हुने सम्पदा र विकास निर्माणका गतिविधिको नियमित अनुगमन हुनुपर्ने धारणा राखे।

विदेशी सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणका रूपमा रहेको बताउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेकोहुनुपर्ने धारणा राखे।

विदेशी सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणका रूपमा रहेको बताउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरिनुपर्ने र जनताका आधारभूत आवश्यकतामा पर्ने विषयहरूको जिम्मा राज्यको हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा विराटनगरका महानपाका प्रमुख नागेश कोइरालाले महानपा—नपाबीचको समन्वय र सहकार्य आगामी दिनमा अझ सुमधुर रहने विश्वास व्यक्त गरे। मूर्त र अमूर्त सम्पदाहरू काठमाडौं उपत्यकाको विशेषता नै रहेको बताउँदै उनले भक्तपुर र विराटनगरबीच कृषि क्षेत्रमा समानता रहेको बताए।

कार्यक्रममा उपप्रमुखका तर्फबाट रामग्राम नपाका उपप्रमुख सम्झना चौधरी र भक्तपुर नपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि आआफ्नो धारणा राखेका थिए।

312 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal