नेपाल बन्दको दिन पैसा कमाउने गज्जबको आइडिया, थोत्रो टिपरमा आफैँ आ,गो लगाए अनि प्रहरी बोलाए

२०७९ भाद्र ७ गते, मंगलवार

नेपाल ब,न्दको बहानामा दाङमा आफ्नै सवारीमा आगजनी गरेको खुलेको छ। मंगलबार बिहान ५ बजेतिर घोराही उपमहानगरपालिका ३ कुइरेपानीको बबई खोलाको पुल नजिक टिपरमा आगजनी भएको थियो।

आ,गजनीपछि टिप धनी धनेश्वर भण्डारीले प्रहरीलाई खबर गरेका थिए। गोग्लीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको खालि टिपरमा चालक र सहचालकलाई टिपरबाट झारेर बन्दकर्ताले आ,गजनी गरेर फ,रार भएको सूचना दिइएको थियो।

जानकारी पाउनासाथ प्रहरी चौकी गोग्ली र वडा प्रहरी कार्यालय घोराहीबाट १० जना प्रहरीले दमकल लगेर आगो निभाएका थिए।

प्रहरीले टिपर धनी, चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय दाङमा लगेर सोधपुछ गरेको थियो। प्रहरीले अनुसन्धानका क्रममा टिपरमा बन्दकर्ताले नभई आफैं आ,गो लगाएको खुलेको थियो।

टिपरधनी धनेश्वर भण्डारीले पुरानो भएकाले टिपरमा आ,गो लगाएको स्वीकार गरेका थिए। टिपर ज,लाएर बीमा दाबी गर्ने आफ्नो योजना अनुसार चालक र सहचालकलाई उनले निर्देशन दिएको खुलेको छ।

साहुको निर्देशन अनुसार चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले उक्त टिपरमा डिजेल खन्याएर आ,गो लगाएको खुलेको छ।

उनीहरुविरुद्ध प्रहरीले आपराधिक लाभ शिर्षकमा मु,द्दा दर्ता गरेर अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal