अस्पतालमा विरामीले सुन्नेगरी डाक्टरले यस्तो भने बिरामीले ‘अब म बाँचेर काम छैन घाट लैजान’ भन्न थालेपछी…

२०७९ भाद्र ४ गते, शनिबार

पोखराको जिएमसी अस्पतालमा उपचारार्थ एक युवकलाई चिकित्सकले उनको अब धेरै दिन बाँकी नरहेको भन्ने जवाफ दिएपछि उनका आफन्त आ क्रो शित भएका छन् । पोखराकै ३६ वर्षीय थमन थापालाई अस्पतालले गण्डकी अस्पतालमा रेफर गरिदियो । उनलाई उपचारमा संलग्न चिकित्सकले युवकको फोक्सो विग्रिएको छ, धेरै दिन बाँच्दैनन् भनेको भन्दै आफन्त रिसाएका हुन् ।

अस्पतालका डाक्टरले नै विरामीलाई अब सिकिस्त छन् भनेर भनिदिएपछि थप समस्या आएको भन्दै विरामीको दिदीले बताइन् । दिदीले भनिन्, विरामीलाई देख्ने गरी फोक्सोको एक्सरे देखाउँदै यसले काम गरेको छैन । फोक्सोको मात्रा सबै खराब छ जतिवेला पनि जे पनि हुनसक्छ विरामीले सुन्नेगरी यस्तो भनेपछि विरामी थप आत्तिए । उनले आफुलाई एउटा औषधी छ तर त्यो निकै महंगो छ भनेर भनेको पनि दिदीले बताइन् ।

डाक्टरको यस्तो कुरा विरामीले सुनेपछि बिरामी थप हतोत्साही भएको उनीहरुको भनाई छ । हामीलाई भनेको भए राम्रो हुन्थ्यो तर सिरियस विरामीको अगाडी, उनीहरुले सुन्ने र देख्ने गरेर अवस्थाको बारेमा भन्न नहुने उनीहरुको भनाई छ । गण्डकीमा निकै आत्तिएर यो अस्पतालमा ल्याएका थियौं । गण्डकीमा ६५ प्रतिशत मात्र अक्सिजन थियो तर यहाँ ल्याए पछि ९५ प्रतिशत अक्सिजन लेवल देखिएको थियो । राम्रो हुँदै गएको थियो तर डाक्टरले नेगेटिभ काउन्सिलिगं गरे पछि बिरामीले अब मलाई घाटमा लैजाउ भन्न थालेको आफन्तको भनाई छ ।

अहिले हामीलाई नजिक पर्ने दिनुहुन्न बिरामीले, अब म बाँचेर काम छैन घाट लैजान भन्नुहुन्छ, राम्रो हुँदै गएको बिरामीको अहिले मनस्थिती बिग्रिएको छ विरामीको आफन्तले भने ।

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal