चार छोरा, दुई छोरी, दुई बुहारी र दुई ज्वाइँ गरी १० जना प्रहरीमा !

२०७९ भाद्र ४ गते, शनिबार

घरमा रमाइलो वातावरण थियो । वर्षौंपछि भेट भएका दाजुभाइ खुलेर कुराकानी गरिरहेका थिए ।

त्यसअगाडि फोनमा दुःखसुख साट्थे । त्यस दिन उनीहरू आपसमा गफिइरहेका देखिए । हाँसोठट्टा पनि चलिरहेको थियो । टाढिएका दाजुभाइको भेटघाट कान्छी बहिनीको बिहेले जुराएको थियो ।

एकातिर वर्षौंपछि परिवार भेट्दाको खुसी, अर्कातिर प्यारी बहिनीलाई अन्माएर पठाउँदाको दुःख पनि सँगसँगै थियो ।प्यूठान नगरपालिका–८ मानागाउँका भोजबहादुर विकका सन्तानहरूबीच भेटघाट दुर्लभ हुनुको एउटै कारण छ परिवारका १० जना नेपाल प्रहरीमा कार्यरत हुनु ।

उनीहरू विभिन्न ठाउँ र समयमा भर्ना भएका मात्र होइनन्, कार्यरत रहेका ठाउँ पनि फरक छन् । त्यसैले एकैपटक सबै जना एउटै थलोमा भेला हुनु संयोग नै भएको हो ।

मानागाउँका ६२ वर्षीय भोजबहादुरका चार छोरा, दुई छोरी, दुई बुहारी र दुई ज्वाइँ प्रहरी सेवामा छन् । भोजबहादुरले आफू १९ वर्षको हुँदा बिहे गरेको बताए ।

जेठो छोरा अहिले ३८ वर्षका भए । ‘पहिले पहिले बिहान खाए बेलुका के खाने भन्ने चिन्ता हुन्थ्यो,’ भोजबहादुरले भने, अहिले त घरका सबै सरकारी जागिरे छन्, खान, लाउन समस्या छैन ।’ उनका ६ छोरा र २ छोरी हुन् ।

‘दुवै छोरी र ज्वाइँ प्रहरी छन्,’ उनले भने, ‘छोराहरूमध्ये माइलो र साइँलोबाहेक सबै प्रहरी छन् ।’ जेठा सुवास, काइँलो सुजल, राइँलो गगन र कान्छो छोरा मोहन प्रहरी छन् । माइलो छोरा विदेश आउजाउ गर्छन् । साइँला छोरा पूर्वमाओवादी लडाकु भएको भोजबहादुरले बताए ।

बुहारी पनि प्रहरीमै जागिरे भएकामा खुसी लाग्ने गरेको उनले सुनाए । ‘पहिले गाउँमा काम मिल्थेन । परिवार पाल्न ९ वर्ष भारतमा रोजगारी गरेको दिन अहिले पनि सम्झन्छु, भोजबहादुरले भने, यस्ता दिन आउँदा रहेछन् । दुःख गरेकै कारण भगवान्ले हेरे जस्तो लाग्छ ।’

माइला छोरा पूर्णबहादुरका अनुसार गाउँमै पहिलोपटक अंग्रेजी विषय लिएर उनका जेठा दाइले आईए पढेका थिए । ‘दाइले पनि हाम्रै लागि पाँच वर्ष भारतमा काम गर्नुभयो, उनले भने, ‘२०६३ सालमा पहिलोपटक घरबाट जेठो दाइ नेपाल प्रहरीमा भर्ना हुनुभएको हो ।

’ त्यसपछि त लगातार पालो लागेजस्तै भएको उनले बताए । ३८ वर्षीय सुवास अहिले नेपाल प्रहरीमा हवल्दार छन् । उनले जागिर खाएको १६ वर्ष भयो । राइँलो भाइ पहिलो प्रयासमै पास भएको दाइ पूर्णले सुनाए ।

राइँलो र काइँलोले सँगै नाम निकालेका हुन्, पूर्णले भने, जेठी बहिनीको पनि सँगै हो ।’ तीनै जनाले एकैपटक नाम निकालेको उनले बताए । कान्छो भाइ ६ वर्षदेखि प्रहरीमा कार्यरत रहेको उनले सुनाए । ‘घरको रेखदेख गर्ने, बाबुआमासँग बस्ने म छँदै छु,’ उनले भने, बाहिरबाट दाइ र भाइहरूको सहयोग छँदै छ ।’

जेठी छोरी प्रहरीमा भर्ना भएको ९ वर्ष भएको र कान्छी छोरी ४ वर्षअघि भर्ती भएको भोजबहादुरले बताए । ‘जेठी छोरी अहिले सहायक हवल्दार छे,’ उनले भने, ‘कान्छी सिपाही नै छे ।

एकै परिवारका १० जना नेपाल प्रहरीमा हुँदा छोराछोरीका लागि केही गरेछु भन्ने लागेको उनी बताउँछन् । ‘गाउँमा शिर ठाडो गराएर हिँड्न सक्ने भएँ,’ उनले भने, मेरा दुःखका दिन अब हराए ।’

देशमा सशस्त्र द्वन्द्वको समयमा साइँलो छोरा तत्कालीन विद्रोही माओवादीमा आबद्ध थिए । जेठो छोरा प्रहरीमा भर्ना भएका थिए । ‘गाउँमा धेरैले अब दुई भाइ छोरा आपसमा लडेर मर्छन् भन्थे, भोजबहादुरले सम्झिए, डर पनि लाग्थ्यो ।’

शान्ति सम्झौतासँगै मनमा शान्ति छाएको उनले बताए । ‘गाउँका सबैले एउटा माओवादी र अर्को पुलिस भनेर भन्थे, उनले सम्झिए । छोरा, बुहारी, छोरी र ज्वाइँहरू आफ्नै खुट्टामा उभिएपछि दंग परेको आमा वसन्तीले बताइन् ।

‘बाबुको जागिर नहुँदा यत्तिका छोराछोरी कसरी पाल्ने हो भन्ने चिन्ता थियो, उनले भनिन्, ‘बिहान के खाउँ र साँझ के खाउँ हुन्थ्यो । अहिले त्यस्तो केही चिन्ता छैन । घरै रमाइलो छ ।’

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal