हर्क साम्पाङलाई साइबर अ,पराधमा मु,द्दा चलाउने चे,तावनी, आखिर त्यस्तो गल्ति के गरे ?

२०७९ श्रावण १६ गते, सोमबार

बराह सहकारी पी,डितहरुलाई लिएर वि,वाद बढिरहेका बेला नेकपा एमालेकी नेतृ मञ्जु भण्डारीले धरानका मेयर हर्क साम्पाङलाई साइबर अपराधको मु,द्दा चलाउने चेतावनी दिएकी छन्।

बराह सहकारीपीडितको नाममा आफ्नो कार्यकक्षमा तो,डफोड गरेपछि मेयर साम्पाङले यसमा भण्डारीसहित एमाले नेता कार्यकर्तातर्फ औँला ठड्याएका थिए।

यसलाई लिएर मेयर साम्पाङमाथि भण्डारीले आफ्नो फोटोसमेत दुरुपयोग गरी हुँदै नभएको कुराको आ,रोप लगाएको दाबी भण्डारीले गरेकी हुन्।

‘धरानका मेयर हर्क साम्पाङज्यू! बराह पीडितहरूसँगका तपाईंका प्रसंग जोडेर मेरो फोटो दुरूपयोग गर्ने र एमालेलाई लाञ्छित गर्ने काम किन गर्नु हुन्छ?’ उनले प्रश्न गर्दै भनेकी छन्, तपाईंलाई साइबर अपराधबारे जानकारी नै नभएको त कसरी भनौँ?’

भण्डारीले लोकप्रियताका नाममा मेयर साम्पाङले होस गुमाएको आ,रोप पनि लगाएकी छन्। ‘नगर सरकारका प्रमुखले लोकप्रियताका नाममा होस गुमाउँदा नगरवासीको शीर निहुरिनेमा सजग बन्नु भयो भने मात्रै धरानवासीको मर्यादा उँचो हुने हो’, उनले भनेकी छन्।

उता मेयर साम्पाङले भने बराह सहकारी पीडितहरुले पीडितहरुलाई न्याय दिलाउन छानबिन समिति बनाएर प्रदेश सहकारीबाट रजिष्ट्रारलेसमेत अध्ययन गरिरहँदा कार्यालयमा आक्रमण भएको बताएका छन्।

छानबिन समितिले काम गरिरहेका बेला घेराउ, नाराबाजी, गा,लीगलौज र कार्यालय तो,डफोड भएको उनले बताएका छन्। उनले वि,वाद बढेपछि आफूले हामीलाई सोधेर सहकारीमा पैसा राखेको हो र? भनेर प्रश्न गरेको स्वीकारेका छन्।

स्मरणीय के छ भने २०७४ मा निर्वाचित तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि मञ्जुले करिब डेढ वर्ष कार्यवाहक मेयरका रुपमा काम गरिन्।त्यसपछि बीचमा भएको निर्वाचनमा कांग्रेसका तिलक राई विजयी भएका थिए।

तर गत वैशाख ३० गतेको निर्वाचनमा हर्क मेयरमा निर्वाचित भए। हर्क मेयर बन्दा कांग्रेसका किशोर राई दोस्रो र मञ्जु तेस्रो स्थानमा सीमित भएकी थिइन्।

162 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal