जनताले देश विदेशबाट गरेको माँया र बच्चा देखि बुढा सम्म सबैले साथ दिएको कुरा सम्झेर डाँको छोडेर रुन थाले हर्क साम्पाङ…
उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ धरान स्थित सर्दु खोला किनारमा भावुक भएका छन् । स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतले बिजयी भएका उनी लगातार एक पछि अर्को राम्रो काम गर्दै जनताको मन जितिरहेका छन् आज भने उनले।
आँखाको आशुँ रोक्न सकेनन् । यो देशकै लागी बाच्न पाउँ यो देशकै लागी मर्न पाउँ भनेर प्रेरणादायी मन्तव्य दिइरहेका बेला मेयर साम्पाङले आफुलाई सम्हाल्न सकेनन् र धरधरी रुन थाले । आँखाबाट आँशु झरिरहेको थियो उनी केहि सम्हालिएर बोल्न खोज्दै थिए सकेनन्
आफु प्रति जनताले देश विदेशबाट गरेको माँया सम्झिएर रोएको उनले भनेका छन् । बृक्षारोपण सकेरफर्किने क्रममा मिस धरानका प्रतिस्पर्धी सुन्दरी युवतीहरु पनि त्यहाँ पुगेका थिए । उपस्थितहरुलाई देशको कुरा झिकेर सम्बोधन गरिरहेका जनताले असाधारण ठानेको, देशविदेशदेखि भेट्न र सहयोग गर्न आउनेको लर्को लागेको देखेर आफू भावुक बनेको उनले प्रतिक्रियादिएका छन् ।
त्यसपछि उनले बीपी पार्क छेऊमा वृक्षारोपण गरेर घर
फर्किए । म सानो मान्छे हुँ तपाईहरुले मलाई धेरै माया दिनु भयो भन्दै साम्पाङ रोएका थिए । मेयरनै रुन थाले पछि उपस्थितहरु पनि भावुक भएका थिए । मेयर हर्क सँगै उनको अभियानमा साथ दिन पगेको ठूलो पक्तिले हर्क साम्पाङ जस्तो मेयर पाउँनु धरानको लागी गौरवको कुरा हो भन्दै प्रतिक्रिया दिएका छन् ।