जापानका पूर्वप्रधानमन्त्री आवेको निधन

२०७९ असार २४ गते, शुक्रबार

एजेन्सी, तोक्यो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधन भएको छ। उनको पार्टी लिबरल डेमोक्रेटिक पार्टीलाई उद्धृत गर्दै जापानको समाचार एनएचके वर्ल्डले उक्त जानकारी दिएको छ।

आवेमाथि शुक्रबार क्योतो नजिकैको नारा शहरमा भाषण गर्ने क्रममा गोली प्रहार गरिएको थियो। आवेलाई भाषण गरिरहेको अवस्थामा पछाडिबाट छातीमा गोली प्रहार भएको थियो। उनीमाथि गोली प्रहार गर्ने तेत्सुया यामागामीलाई प्रहरीले पक्राउ गरेको छ। आवे जापानमा सबैभन्दा लामो समय करिब ८ वर्षसम्म कार्यकारी पदमा रहने नेतामा पर्छन्। उनी सन् २००६ देखि सन् २००७ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए। तर आफूले नेतृत्व गरेको दल लिबरल डेमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए।

237 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal