मुलुककै लागि ऐतिहासिक महत्व बोकेको जे माग्याे त्यहि पुग्ने निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर महादेव दर्शन गर्नुहोस्।
नुवाकोट मात्र नभई मुलुककै लागि ऐतिहासिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा दर्शन गर्दा जे माग्यो त्यही प्राप्त हुने विश्वास छ । निसन्तानलाई सन्तान दिने अति विश्वासकाधरोहर दुप्चेश्वर महादेवमा धान्यपूर्णिमाको अवसरमा उल्लासपूर्ण रुपमा जात्रा लाग्ने गर्दछ । दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने मेलाको विशेष दिन धान्यपूर्णिमाको साँझ हो मन्दिरका पुजारी भगवान्हरि धितालले जानकारी दिनुभयो ।
स्थानीयबासीका अनुसार करीब २०० वर्ष अघि स्थानीय बासु तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेव स्थापनाको रुपमा पूजा आरना तथा आस्था प्रकट गर्ने गरेका छन्।
समुन्द्र मन्थन गर्दा निक्लिएको वि ष से व न पछि छट्पटिएका महादेव शिव काठमाडौको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड गएको किम्वदन्ती पनि जोडिन्छ । ‘भत्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवान्को रुपमा पुजिने दुप्चेश्वर महादेवले सन्तानमा पनि पुत्रलाभ गराउने महादेवको रुपमा विश्वासको साथ भक्तजन मन्दिरको दर्शनको लागी आउने गरेको पूजारी धितालको भनाइ छ ।
मन्दिरमा दर्शन गराएमा बोली नफुटेका बालबालिकाको बोल्न सक्ने हुने, थारा (नब्याएका) गाईभैँसीको दाम्लो चढाएमा ब्याउनी हुने लगायतको विश्वासमा मन्दिरमा दर्शन गर्न भक्तजनहरु पुग्ने गरेका छन्।
दुप्चेश्वर महादेवको दर्शन गर्न नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौँ, गोरखा, मकवानपुर, चितवनलगायत जिल्लाबाट तीर्थालुहरु दुप्चेश्वर महादेवको दर्शन गर्न आउने गरेका छन् । गतवर्ष धान्य पूर्णिमाको अवसरमा १५ हजार दर्शनार्थीले दर्शन गरेकाका थिए ।
ताजा
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





