नुवाकोट की २१ वर्षीया महिला तीन दिनदेखि सम्पर्कविहीन।

२०७९ असार ३ गते, शुक्रबार

नुवाकोट पञ्चकन्या गाउँपालिका ३ की २१ वर्षीया युवती/महिला तीन दिनदेखि सम्पर्कविहीन हुनुभएको छ ।

पञ्चकन्या घर भई हाल काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका ७ फुटुङमा डेरा गरी बस्ने कुमार तामाङकी श्रीमती सीमा तामाङ बे,पत्ता हुनुभएको हो ।

उहाँका श्रीमान् कुमार तामाङका अनुसार जेठ ३० गते साँझ करिब साढे ५ बजे सीमा आफ्नो लत्ताकपडा लिएर डेराबाट निस्किएकी हुन् ।

आफू कामबाट फर्किँदा श्रीमती सीमा कोठामा नभएपछि छिमेकीलाई सोधपुछ गर्दा कोठा छोडी हिँडेको र आफन्तकहाँ सोधखोज गर्दा नभेटिएको कुमारले बताउनुभयो ।

श्रीमती सीमा तामाङ मोबाइल फोनसमेत बन्द गरी सम्पर्कविहीन भएपछि कुमारले महानगरीय प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि मंगलबार निवेदन दिनुभएको छ । गृहिणीको रुपमा रहेकी सीमा गोरी, अन्दाजी ५ फिट उचाई भएकी र पालतो शरीरकी हुनुहुन्छ ।

तामाङले कहींकतै देखेभेटेमा ९८२३६६२०६२ नम्बरमा फोन गरी जानकारी दिन पनि अनुरोध गर्नुभएको छ ।

159 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal