सेती नदिमा हामफालेर एक युवती बे’पत्ता!

२०७९ असार १ गते, बुधबार

धादिङ घर भई पाेखरामा परिवारसँग बस्दैआएकी कञ्चन अगस्ती बुधबार सेती नदिमा हामफालेर बे’पत्ता भएकी छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टेकी कञ्चन बुधबार दिउँसो १२ः४१ बजे नदीमा हामफालेको प्र’हरीले जनाएको छ ।

उनी नदीपुर र फूलबारी जोड्ने पूरानो पुलको बीच भागबाट हामफालेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीको भनाइ छ । उनले नदीमा हामफाल्नु अघि आफ्नो परिचयपत्र भने पुलमै छोडेकी थिइन् ।

परिवारजनका अनुसार उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा दिवासत्रमा अध्ययनरत थिइन् ।

सदाझैं बुधबार पनि ११ः४५ बजे उनका बुबा युगमराज अगस्तीले मोटरसाइकलमा क्याम्पस पुर्‍याएर फर्किएका थिए । कञ्चनले किताबसहितको झोला कक्षा कोठामै छाडेर पुलमा झरेकाे बताइन्छ ।

बुबा युगमराजले क्याम्पस छोडेको करिब एक घण्टामा नै कञ्चन नदीपुरस्थित पुलमा आइपुगेकाे खुलेकाे छ । बुधबार साँझसम्म प्रहरी, सशस्त्र प्रहरीको रेस्क्यू टीम, आफन्तजन र केही स्थानीयको सहयोगमा कञ्चनको खोजी गरिएको भएपनि फेला परेको छैन ।

खोजी कार्यलाई बिहीबार बिहानैबाट निरन्तरता दिइने कास्की प्रहरीले जनाएको छ ।

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal