आम्दानीको राम्रो स्रोत बाख्रा पालन : १२ हजारको जागिर छोडेर बाख्रा पालनमा लागेका यज्ञ बहादुरले १८ महिनामा ६ लाख आम्दानी गरे…

२०७९ असार १ गते, बुधबार

झापा अर्जुनधारा नगरपालिका १ का यज्ञ प्रसाद तिवारी १८ महिना अघिसम्म ग्रील व्यवसायमा काम गर्थे । उनले त्यहाँ काम गरेबापत महिनाको १२ हजार तलब थाप्थे । बढ्दो महँगी सँगै उनलाई ५ जनाको परिवार पाल्न धौ धौ हुन्थ्यो । जसोतसो गुजारा चराइरहेका थिए । श्रीमती गाउँकै हाम्रो स्वावलम्बी सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध थिइन् । उक्त सहकारीले ऋण तथा बचतको काम मात्रै गर्थ्यो ।

तर पछि सहकारीले हरफेसँग समन्वय गरेसँगै किसानको लागि वरदान साबित भएको छ । हरफेसँग समन्वय गरेसँगै बाख्रा तथा गाई÷भैँसी पालनको तालिम दिने भयो । तिवारीलाई पहिलादेखि नै बाख्रा पालन गर्ने चाहना भए पनि आर्थिक अभावका कारण लगानी गर्न सकिरहेका थिएनन् ।

व्यापारीले घरघरबाटै खसी बोका लैजाने गरेको छ । यता सहकारीले पनि किसानहरूदेखि खसी बोका किनेर बिक्री गर्ने गरेको छ । तर सहकारीलाई बिक्री गर्दा व्यापारीलाई भन्दा केही कममा बिक्री गर्नु पर्दा व्यापारीलाई नै बिक्री गर्ने गरेको उनले बताए । ‘सहकारीले पनि बिक्री भएन भने हामी किन्छौँ भनेको थियो’ यज्ञ बहादुरले भने,‘तर अलि सस्तोमा बिक्री गर्नु पर्ने हुन्छ । अहिले घरमै आएर व्यापारीले किनिरहेको छ भने किन सहकारीलाई दिने ? 

पछि धेरै बिक्री गर्नु पर्ने भयो भने सहकारीलाई पनि दिन्छु ।’ उनले १८ महिनाको अवधिमा ५/६ लाख आम्दानी गरिसकेका छन् । उनले छोटो समयमा नै यति धेरै प्रगति गरेको देखेर गाउँले पनि छक्क पर्छन् । ऋण पनि तिरिसक्न लागेका छन् । ‘महिनैपिच्छे ब्याज तिर्छु भने ३/३ महिनामा किस्ता । अब त बैङ्कको ऋण पनि तिरिसक्न लागेको छु ।’ उनले खसी हुँदै हलोखबरसँग भने ।

समय समयमा हेफरले आयोजना गरेको तालिमहरूमा सहभागी हुने अवसर पाएका कारण उनलाई बाख्रा पालनबाट प्रगति गर्न सजिलो भएको छ । बाख्राको मनोविज्ञान बुझ् नसक्ने भएका छन् उनी अहिले। बाख्राले के खोजेको छरु के भएको छरु स्वास्थ्य अवस्था के छरु भन्ने कुरा हेर्नासाथ थाहा पाइहाल्ने उनी बताउँछन्। 

171 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal