बुवाको मृ,त्यु भयो, आमाले दोस्रो बिहे गरिन्, ३ बालकको बिचल्ली, पशु बाँध्ने गोठमा बस्दै आएकाे बताउँछन् ।

२०७९ असार १ गते, बुधबार

कालिकोटको रास्कोट नगरपालिका–४ का गुइया सार्कीको छ वर्षअघि मृ,त्यु भयो। त्यसको दुई वर्षपछि उनकी श्रीमती आइतीले दोस्रो विवाह गरेर गइन्।
चार वर्षअघि आमाले पनि छोडेर गएपछि भरतको काँधमा दुई भाइको जिम्मेवारी गुइया र आइतीबाट जन्मेका तीन छोराहरु चार वर्षदेखि संरक्षणको पर्खाइमा छन्। बुवाको मृ,त्यु हुँदा जेठो छोरा भरत सात वर्षका मात्रै थिए। चार वर्षअघि आमाले पनि छोडेर गएपछि भरतको काँधमा दुई भाइको जिम्मेवारी पनि थपिएको छ।

भरतसँगै सात वर्षका हस्त र पाँच वर्षका डाइमन सहाराको खोजीमा छन्। ‘बुवाको मृ,त्यु भयो, आमाले अर्को विवाह गरेर जानुभयो,’ भरतले भने, ‘त्यसयता आफन्तको घरको पशु बाँध्ने गोठमा बस्दै आएका छौं।’ बुवाको मृ,त्यु र आमाले अर्को विवाह गरेर गएपछि १३ वर्षीय भरतलाई दुई भाइको पालनपोषणको जिम्मेवारी पनि आइलागेको छ।

‘जन्मदिने बुबा आमाले छोडेर गएपछि गाउँमा मागेर पेट भर्ने गरेका छौं,’ भरतले भने, ‘खानलाई अन्न छैन्, लगाउनलाई टालो छैन्।’ भरत नौ वर्षको हुँदा आमाले अर्को विवाह गरेर गएकी थिइन्। उनले कलिलै उमेरदेखि आफू भन्दा साना दुई भाइको पालनपोषणको गह्रुँगो जिम्मेवारी बहन गरिरहेका छन्।

तीन भाईलाई खान–लाउनकै चिन्ता छ। यस्तोमा विद्यालय कहाँबाट देख्नु। ‘विद्यालय जानका लागि पोशाक चाहियो, कापी किताव चाहियो,’ उनले भने, ‘काम पाए काम गरेर खान्छौं, नपाए मागेर खान्छौं, यस्तोमा विद्यालय कसरी जानु ?’ उनले आफूहरुको पढ्ने चाहना भएपनि त्यो पूरा हुन नपाएको बताए।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal