प्रमुख भन्दा उपप्रमुख झन कडा भोलि फाइल पल्टाएर सुरुदेखि हेर्नु नपरोस्, भन्दै कर्मचारिलाई चेतावनि (सुनिता डंगाेल)

२०७९ असार १ गते, बुधबार

प्रमुख र उपप्रमुख नै युवा त्यसमाथि नयाँ नयाँ मिसन भिजनसहित कामहरु धमाधम गर्न थालेपछि महानगरमा चमत्कारिक निर्णयहरु कार्यान्यनमै आउन थालेका छन् ।

निर्वाचित भएको महिनादिन नबित्दै सार्वजनिक शौचालय देखि कल सेन्टर हुदै इन्फ्रास्ट्रक्टर एम्बुलेन्सका निर्णयहरु कार्यान्वयनमा आइसकेका छन् ।

यसैबीच, मेयर बालेन्द्र शाह (बालेन)ले प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भएपछि बेरुजुको मात्रा घट्ने बताएका छन्। ‘सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा पनि प्रश्न आउन सक्छन्, प्रमुख शाहले भने, वित्तीय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ।’

आन्तरिक लेखा परीक्षण तथा बेरुजु समपरीक्षण एकाईले शुक्रबार वडा सचिव, लेखापाल र इञ्जिनियरहरुसँग गरेको अन्तरक्रियाका क्रममा बेरुजु नियन्त्रणको सुझाव दिएका हुन्। उपप्रमुख सुनिता डंगोलले हतारमा काम नगर्न सुझाव दिइन्।

भोलि बेरुजु देखिने गरी काम गर्नुहुँदैन। अहिले सम्पन्न गरेका कामसम्बन्धी भोलि फाइल पल्टाएर सुरुदेखि हेर्नु नपरोस्,’ उनले भनिन्। उपमेयरको बोल्ड बोली पछि सामाजिक सञ्जालमा मेयर बालेन साह भन्दा उपमेयर सुनिता डंगोल झन् कडा बनेर निस्किएको टिप्पणी भइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले, हिजोका बेरुजुलाई न्युनीकरण गर्ने र आगामी दिनमा बेरुजु हुन नदिनेतर्फ आफूले काम गरिरहेको उल्लेख गरे।

‘हामी यो आर्थिक वर्षको अन्त्यसम्ममा पेश्की शून्य अभियानमा छौँ, उनले भने, लेखा परीक्षण प्रतिवेदनमा देखाइएका नियमित गर्न मिल्ने बेरुजुलाई नियमित गर्छौं। त्यस्तै समपरीक्षण र असुलउपर विधिबाट बेरुजु घटाउँछौं।’

अन्तरक्रियामा प्रशासन विभागका प्रमुख महेश काफ्ले, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर, सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आफूमातहत वडाबाट भएका काम र वेरुजु तथा फर्स्यौटका लागि अबलम्बन गरिनु पर्ने प्रक्रियाका विषयमा प्रस्तुतिकरण गरेका थिए।

यस्तै वडासचिवहरु यम बसेल, शुशिल सुवेदी, रमेश घिमिरे, सुवोध खड्का, कमल गौतम, सुरेश साहु, जयदेव घिमिरे, श्याम पाण्डे, शिवराज सोती, देवी वस्ती, टंक बराल, मञ्जु आचार्य, चन्द्रगोपाल प्रधान, सुनिल राजभण्डारीसहित सहभागीले वडाबाट हुने प्राविधिक र प्रशासनिक कामको अन्तरसम्बन्ध मिलाउनु पर्नेमा जोड दिए।

वडा सचिवलाई प्रत्यायोजन हुने अधिकार, योजनाको स्वीकृत गर्ने दायरालगायत व्यवहारिक कुराहरुमा उनीहरुले धारणा राखेका थिए। वडाबाट गरिने पूर्वाधारमा लगत इष्टिमेट, मुल्याङ्कन र भुक्तानी प्रक्रियाको सम्बन्धमा उनीहरुको जोड थियो। उनीहरुले घटना दर्ता समयमा हुन नसक्दा सामाजिक सुरक्षाका कार्यक्रममा वेरुजु देखिएको औँल्याएका थिए।

वडा १६ का लेखा प्रमुख चिनीकाजी महर्जनले वडाको वित्तीय व्यवस्थापनमा आन्तरिक समन्वय प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिए। यस्तै इञ्जिनियर सुमन बादे श्रेष्ठले प्राविधिक र प्रशासनिक विषयलाई छुट्याएर आफ्ना आफ्नै क्षेत्रमा जिम्मेवार हुनुपर्ने बताए।

महानगरले वडामा पूर्वाधार विकास र प्रशासनिक खर्च निकासा दिने गरेको छ। यसरी निकासा गरिएको रकम खर्च गर्दा देखिएका बेरुजु व्यवस्थापनका लागि वडाका कर्मचारीहरुसँग अन्तरक्रिया गरिएको हो।

लेखा परीक्षण तथा समपरीक्षण एकाई प्रमुख गोपालप्रसाद पोरखेलले भने, हामीले बेरुजु फर्स्यौटको २९ प्रतिशत लक्ष्य हासिल गरिसकेका छौँ। प्रक्रियामा रहेको प्रगति ४५ प्रतिशत पुग्न लागेको छ। यो बर्षको अन्त्यसम्ममा ५० प्रतिशत पुर्याउने प्रयासमा छाै।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal