यो आँपको मौसम हो । आँप खाँदै हुनुहुन्छ ? यी समस्या देखिन सक्छन्।

२०७९ जेष्ठ ३१ गते, मंगलवार

यो आँपको मौसम हो । धेरैको घरमा यो मौसममा फलफुलको रुपमा आँप खाने गरिन्छ । बजारमा पनि थरिथरिका आँप उपलब्ध छन् । आँपलाई फलको राजा पनि भन्छन् । अझ कतितय मानिस त मौसम अनुसारको फल खानुपर्छ भनेर आँप खाईरहेका हुन्छन् ।

गर्मीको समयमा आँप निकै रुचाईने फल हो । आँपमा प्रशस्तै पोषक तत्वपनि पाईन्छ । आँपमा भिटामिन ए, कपर आईरन र पोटाशियम जस्ता तत्व हुन्छन् ।
आँपका धेरै फाईदा भएपनि यसका बेफाईदा पनि छन् ।

चिलाउने समस्या
आँपको भेट्ना (बिन्दु)मा तरल पदार्थ जमेको हुन्छन् । आँप खानुभन्दा अगाडि राम्रोसंग नपखालीकन आँप खाएमा, यो तरल पदार्थले आँपको स्वाद विगार्छ । जिब्रो टर्रो बनाउने गर्छ । आँपमा पाईने यो तरल पदार्थले स्वाद विगार्नुको अलावा दाद, छाला चिलाउने या खटिरा आउन सक्ने समस्या समेत निम्त्याउँछ । यो पदार्थले घाँटीको समस्या पनि सिर्जना गर्न सक्छ ।

पखाला
आँपमा पाईने धेरै पोषक तत्वहरु सबैको शरीरले एकैपटक पचाउन सक्दैन् । त्यसमाथि पाचन प्रणालीमा समस्या भएका मानिसले आँप खाएपछि पखाला लाग्ने संभावना अत्याधिक हुन्छ । सामान्य मानिसले पनि धेरै आँप खाएमा पखाला वा आउँको समस्या देखिन सक्छ ।

डन्डिफोर खटिरा
आँपले शरीरमा गर्मी उत्पन्न गराउँछ । धेरै आँप खानाले अनुहारमा डन्डिफोर र शरीरमा खटिरा देखिन सक्छन् । छालाको एलर्जी भएका मानिसले आँप नखानु नै बेस हुन्छ ।

यस्तो विमारी भएकाले खानु हुँदैन आँप
युरिक एसिडको समस्या भएका मानिसले आँप नखानु नै बेस मानिन्छ । त्यस्तै रुघा लागिरहने समस्या भएका (साईनाईस) मानिसले आँप खाएमा रोग बल्झिने खतरा हुन्छ । आँपमा अत्याधिक पोषण हुने भएकाले तौल घटाईरहेका मानिसले आँप नखानु नै बेस हुन्छ । यसबाहेक मधुमेहका रोगीले पनि आँप खानु हुँदैन् ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal