लन्डनमा ५ दिन नेपाली फिल्म फेस्टिबल हुने

२०७९ जेष्ठ १५ गते, आईतवार

काठमाडौं । थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२ ’ आयोजना हुने भएको छ ।
शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष मनोज केसीले ५ दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।
’हामीले नेपाली परिवेशको , नेपाललाई चिनाउने फिल्मलाई लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्याउँछ नै नेपाली कला , संस्कृतिलाई समेत प्रवर्द्धन गर्छ’ अध्यक्ष केसीले भने, ’हामीले कोरोनाको महामारी पश्चात नेपाली फिल्मलाई लिएर विदेशी भूमिमा कार्यक्रम गर्न लागेका हौँ । उनले नेपाली फिल्म के(कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ – नयाँ स्वाद बोकेका नेपाली फिल्मलाई देखाउन कार्यक्रमको आयोजना गरेकोमा जोड दिए । ’हामी कहाँ के कस्ता फिल्महरु बनिरजेका छन । त्यो प्रवासी नेपाली दर्शकले थाहा पाउनु जरुरि छ । त्यसैले हामीले सेलेक्ट गरेर केहि फिल्म मात्र देखाउने छौँ’ उनले भने । अध्यक्ष केसीका अनुसार, महोत्सवको अन्तिम दिन फिल्मकर्मीहरूलाई सम्मानित समेत गरिनेछ ।

234 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal