मधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोध
काठमाडौं । प्रदेश नम्बर २ ले प्रदेशको नाम मधेश राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ ।
प्रदेश नम्बर २ ले सोमबार प्रदेशको नाम मधेश राखेपछि त्यो प्रदेशमा आन्दोलन भएको छ । पार्टी अध्यक्ष भूमिराज निरौलाद्धारा हिजो प्रकाशित विज्ञप्तीमा प्रदेशको नाम नसच्याई कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । २०६२÷०६३ सालमा चुरेभावर पार्टीले आन्दोलन गर्दा तत्कालीन सरकारले मुलुक संघीयतामा गएपछि यो प्रदेशको नाम चुरेभावर राख्ने सहमति जनाए पनि अहिले आएर कार्यान्वयन नगरेकोमा पार्टीले आपत्ति जनाएको हो । पार्टीले नाम नसच्याउँदा चुरेभावरमा बसोबास गर्ने र चुरेभावरको आन्दोलनमा लागेकाहरुको भावनामाथि प्रहार भएको पनि जनाएको छ । पार्टीले केही दिनमै पहिचानको लागि आन्दोलन गर्ने र त्यसबाट उत्पन्न भएको परिस्थितिको जिम्मेवार सरोकारवाला निकाय नै हुनुपर्ने पनि स्पष्ट पारेको छ । पार्टीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई र पहाडबीचको मेरुदण्डको रुपमा रहेको भावर प्रदेशको नाम निशाना समाप्त गर्न खोजिएकोमा समेत आपत्ति जनाएको छ ।
२०६२÷०६३ सालमा ४० लाख गैर नागरिकलाई नागरिकता दिनुको परिणाम नै यो भएको पनि पार्टीको ठहर छ । पार्टीले गैर कानुनी ढंगले वितरण गरिएका नागरिकता खारेज गर्न पनि माग गरेको छ । पार्टीले केही समयदेखि तराइमा जनमत पार्टीको हवाला दिँदै आन्दोलनको नाममा पहाडी समुदायको पहिचान गरी मानसिक र शारीरिक यातना दिनुका साथै सवारी साधन तोडफोड गरेको घटनामा पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । राज्यले त्यस्ता समूहलाई कानुनी दायरामा नल्याए आन्दोलन गर्ने पार्टीले चेतावनी दिएको छ । पार्टीले आफूहरु सधैं राष्ट्रिउ एकता र अक्षुणताको पक्षमा सक्रिय रहेको पनि स्पष्ट पारेको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





