उदयपुरमा जीप दुर्घटनामा घाइते भएका एक जनाको ज्यान गयो

२०७८ माघ ४ गते, मंगलवार

उदयपुर । उदयपुरको सिद्धिचरण राजमार्गको कटारी मरुवा खण्डमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

सोमवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका कटारी नगरपालिका–८ पाखाटोलका ३८ वर्षीय विक्रम रानामगरको उपचारका क्रममा ज्यान गएको हो ।

कटारी बजारबाट कटारी नगरपालिकाकै वडा नम्बर ८ मा पर्ने सिरिसे घुम्तीतर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको जीप आफैँ अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा कटारी नगरपालिका(८ पट्नाभञ्ज्याङकी ३० वर्षीया दिलमाया मगर, १७ वर्षीय मनोज खड्का, घुम्तीकै दीपक श्रेष्ठको सात वर्षीय छोरा दिवश श्रेष्ठ, ४८ वर्षीया बुद्धमाया श्रेष्ठ, ३६ वर्षीया बेदकुमारी थापामगर घाइते भएका छन्। घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal