जसपामा भागवण्डा भएपछि सुवेदी चिन्तित

२०७८ माघ २ गते, आईतवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा प्रमुख तीन नेताहरुले भागवण्डा गरेका छन् । नेताहरु उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईले पछिल्लो समयमा भागवण्डा गरेर आफूहरुलाई व्यवस्थापन गरेका छन् ।
भट्टराईले प्रदेश नं. १ प्रदेश प्रमुखमा पर्शुराम खापुबलाई आफ्नो भागमा पारे । त्यस्तै अशोक राईले राष्ट्रिय सभामा हेमराज राईलाई उम्मेदवार बनाए । उपेन्द्र यादवले महम्मद खालिक सिद्धिकीलाई २ नं प्रदेशबाट राष्ट्रिय सभाको उम्मेदवार बनाए । पछिल्लो समयमा पार्टी एकीकरण भएपछि नेताहरु पार्टी संगठनलाई विस्तार गर्नेभन्दा पनि कसरी पार्टीभित्र आफूलाई बलियो बनाउन सकिन्छ भनेर लागेका छन् । अहिले आएर नेता नवराज सुवेदीले असन्तुष्टि व्यक्त गरेका छन् । लुम्बिनी प्रदेशमा आफ्नो पार्टीको राम्रो स्थान भएकोले राष्ट्रिय सभामा त्यो प्रदेशबाट पनि उम्मेदवारी दिनुपर्छ भन्ने अडानमा उनी रहेका थिए । सुवेदी पुराना नेता हुन् । उनी उम्मेदवार बन्ने सोंचमा थिए । पार्टीले सुवेदीको कुरालाई मतलब नगरेपछि उनी असन्तुष्ट बनेका हुन् । उनले उपेन्द्र र बाबुरामबीच दूरी बढेको भनेर भन्दै आएका छन् ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal