लायन्स क्लव इन्टरनेशनल डाइरेक्टरमा उम्मेदवार बनेका खगेन्द्र सिटौलाका कुरा पनि सुन्ने कि ?

२०७८ जेष्ठ १९ गते, बुधबार

काठमाडौं । जेठ २२ गते हुन गइरहेको लायन्स क्लबको भच्र्युअल मल्टिपल डिष्ट्रिक ३२५ को कन्भेन्सनमा इन्टरनेसल डाइरेक्टर इन्डोर्सिका प्रत्यासी खगेन्द्र सिटौलाको जित सुनिश्चित बन्दै गइरहेको छ । उनको सम्भावना बलियो बन्दै गएपछि उनीसँगै उम्मेदवार बनेकाहरु अत्तालिएका छन् ।
खगेन्द्रको लोकप्रियताको कदर गर्दै सबैजसो मतदाताले मतदान गर्ने जनाएपछि उनी भने ढुक्क भएका छन् । सिटौला नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा लायन्समार्फत लामो योगदान पुर्याउने व्यक्तिमध्येका एक हुन् । उनको स्वभाव, लगनशीलता र असल संस्कारलाई मतदाताले पनि पत्याएका छन् । नेतृत्वमा उनीजस्तो मान्छे आउनुपर्छ भनेर आवाज उठिरहँदा सिटौला आशावादी बनेका छन् । समाजमा परेको अप्ठेरो साह्रो गाह्रो, दैवी प्रकोप, स्वास्थ संकटजस्ता विषम परिस्थितिमा मन बचन र कर्मले निस्ठापूर्वक समर्पित हुने तिनै व्यक्तिको नाम हो खगेन्द्र सिटौला ।
जित सुनिश्चित बन्दै जाँदा खगेन्द्र सिटौला जिताउ अभियान÷चुनावका संयोजक अनन्त प्रसाद भेटुवालले खगेन्द्र सिटौलाको जित नै समग्र नेपाली लायन्सहरुको जित हुने बताएका छन् । उनले सबै लायन्सको भावनाको कदर गर्दै आगामी दिनमा कदम चाल्ने प्रष्ट पारिसकेका छन् । लायन्सलाई थप आधुनिक र जनतामैत्री बनाउने उनको प्रमुख उद्येश्य रहेको छ । अनन्तले भने ‘अनुभवीको विचार र नयाँको जोश र जाँगरलाई समेटेर जानु नै अहिलेको आवश्यकता हो, जुन क्षमता सिटौलामा सजिलै देख्न सकिन्छ ।’
खगेन्द्र सिटौलाको सामाजिक योगदान, नेतृत्व क्षमता र सन्तुलित व्यवहार नै उनको जितको प्रमुख आधार रहेको खगेन्द्र सिटौलाको जिताउ अभियानका मिडिया संयोजक राजन श्रेष्ठले जनाए । सिटौला धेरै लायन्सकर्मीहरुको लागि प्रेरणाको श्रोत हुन्, उनले आफैं पनि धेरै लायन्स उत्पादन गरेका छन् । सिटौलाले निर्वाचनका बेलामा मात्र ठूला भाषण गर्ने र निर्वाचित भएपछि त्यस अनुसार काम नगर्ने परिपार्टी रहेको बताउँदै आफू त्यो परम्परालाई तोड्न पनि सक्रिय भएको बताएका छन् ।

356 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal