सीमाका जनताहरु बर्दीविहिन सीमारक्षक सेना हुन्ः कर्णजीत

२०७८ बैशाख ५ गते, आईतवार

नेपालगञ्ज । कर्णजित बुढाथोकी नेतुत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश ब्यूरोको विशाल जनसभा नेपालगञ्जमा हिजो सम्पन्न भयो ।
विशाल जनसभालाई संबोधन गर्दै पार्टी अध्यक्ष तथा प्रमुख अतिथि कर्णजित बुढाथोकी “सुशील“ ले सीमा नाकाका नेपाली जनता बिना बर्दीका सेना र सीमा रक्षक भएको बताएका छन् । सीमामा रहेका नेपालीले दिनरात छिमेकीको अन्याय अत्याचार सहेर पनि बिना बर्दी सीमाको रक्षा गरिरहेकाले यस प्रति सरकारको ध्यान जानुपर्नेमा तर सरकार बेखबर भएर बसिरहेको भन्दै सरकारको आलोचना गर्नुभयो । जनसभालाई संबोधनकै क्रममा अध्यक्ष कर्णजितले १० वर्षे जनयुद्ध ऐतिहासिक रुपमा विश्लेषण गरिरहँदा जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा नगरि धोका दिएर प्रचण्ड मण्डलीहरु दलाल नोकरशाही पूँजिवादको विलय भएर पश्चात प्रचण्डले छाडेर गएको माओवादीलाई आफुहरुले व्यूँताएर राखेको भन्दै जनयुद्ध र जनआन्दोेलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै क्रान्तिको बाँकी कार्यभार पुरा गर्न आफुहरुको काँधमा आईपरेको बताउनु भयो । अध्यक्ष कर्णजितले राष्ट्रिय राजनीतिक जन–परामर्श सम्मेलन मार्फत सर्वपक्षीय, सर्वदलीय संयुक्त राष्ट्रिय सरकारको माग माओवादी केन्द्रको रहेकोमा जोड दिंदै अबको बाटो यहि नीति सिद्धान्तबाट महान क्रान्तिकारी जनविद्रोह हुँदै वैज्ञानिक समाजवाद पार्टी मुख्य एजेन्डा रहेको र यसैले क्रान्तिको बाँकी कार्यभार पुरा हुने र नेपाली जनताले मुक्ति पाउनेमा स्पष्ट पार्नुभयो ।
त्यसैगरी कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा बिशेश अतिथि संयुक्त क्रान्तिकारी जनपरिषद नेपालका केन्द्रीय अध्यक्ष तिलक थापामगरले राणा शासनदेखि गणतन्त्रसम्म आईपुग्दा शोषणका रुपहरु फेरिए तापनि शोषणको अन्त्य नभएको, पहिलो संविधानसभाले नेपाली जनतालाई संविधान दिन सकेन तर दोस्रो संविधानसभाले वास्तविक गणतन्त्रका पक्षधर, संविधानका पक्षधरहरु चयन नेतृत्वमा पु¥याउन सकेन त्यसैले पहिलो संविधानसभा ले ड्राफ्ट गरेको संविधान ल्याउन सकेन त्यसैले जनता अझै जागरुक रहनुपर्नेमा जोडदिंदै पुनः जनविद्रोहबाट बाँकी काम पुरा गर्नुपर्ने बताउनु भयो । त्यस्तै जनसभामा पार्टीका केन्द्रीय उपाध्यक्ष रंगनाथ ढकालले जनयुद्ध र जनआन्दोलनले देशमा गणतन्त्र स्थापना भएपश्चात शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी हुनुपर्नेमा संविधानसभाको चुनाबपछि बाबुरामहरु थाकेर बाटो बिराएर गएको र प्रचण्डहरु दक्षिणपन्थी दलदलमा फसेको भन्दै प्रचण्डहरुले मारेर गएको माओवादीलाई कर्णजित बुढाथोकीको नेतृत्वमा जिवनजल दिएर ब्यूँताएर राखेको बताउँनु भयो । कार्यक्रममा पार्टीका केन्द्रीय महासचिव नरेश शाही ९रक्तिम०, पार्टी केन्द्रीय सचिव तथा बिधार्थी बिभागिय ईन्चार्ज प्रदेश नम्बर २ को इन्चार्ज अरुण घिसिङ, पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सिंहराज बि.क. (सृजन), पार्टी स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश ब्यूरो इन्चार्ज धर्मराज विडवाल (सुदिप), पार्टी स्थायी समिति सदस्य तथा अनेमसंघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष आस्था संज्याल (दिपु), पार्टी स्थायी समिति सदस्य तथा अखिल नेपाल जन साँस्कृतिक महासंघ केन्द्रीय संयोजक विहानी बि.क., स्थायी समिति सदस्य टिमोटी चौधरी भागिराम चौधरी (बिक्रम), वाईसीएल नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर खड्का, सुदूरपश्चिम प्रदेश पार्टी अध्यक्ष धुर्व संज्याल, पार्टी पोलिट ब्यूरो सदस्य रतन कुमार बि.क. (राजन), अनेमसंघ क्रान्तिकारी केन्द्रीय महासचिव स्मृति रिजाल, मुस्लिम राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष वाकर अलि, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय संयोजक राजकुमार बि। क।, पार्टी केन्द्रीय सदस्यहरु सहिद, बेपत्ता तथा घाइते परिवार, प्रेस सेन्टर नेपालका केन्द्रीय प्रतिनिधि अशोककुमार शाही, लुम्बिनी प्रदेश कलाकार बर्दिया जिल्ला कलाकारहरुको उपस्थिति रहेको थियो ।

535 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal