नयाँ वर्षमा देउवा प्रधानमन्त्री बन्नुहुन्छः यादव

२०७७ चैत्र २७ गते, शुक्रबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले भने,‘ढुक्क हुनुहोस, नयाँ वर्षमा मुलुकले नयाँ सरकार पाउँछ, अहिले त्यसको लागि सकारात्मक वार्ता भैरहेको छ ।’
नेता यादवले वर्तमान सरकारको विकल्प खोजिने बताउँदै आगामी नयाँ वर्ष अर्थात बैशाखभित्रै मुलुकले नयाँ सरकार पाउने विश्वास दिलाएका हुन् । उनले भने,‘हामी वर्तमान सरकारको विपक्षमा छौं । यो सरकार १०० % परिवर्तन हुन्छ, नयाँ वर्षमा नयाँ सरकार मुलुकले पाउँछ ।’
उनले अहिले सरकारको विकल्प खोज्ने विषयमा आफ्नो पार्टी स्पष्ट रहेको सुनाए । उनले भने,‘हामी स्पष्ट छौं, नेकपा (माओवादी केन्द्र) पनि स्पष्ट छ, तर जसपामा अलिक समस्या देखिएको छ ।’ उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न तीन दिलले ढिलाई गर्न नहुनेपनि सुनाए । उनले भने,‘जति दिन ओली सरकार रहन्छ, त्यति दिन नै संघीयता, संविधानका दफाहरुमाथि प्रहार भैरहन्छ । अहिले कांग्रेस, माओवादी केन्द्र र जसपा सरकार फाल्ने विषयमा मिल्ने अवस्थामा छौं, चाँडै सहमति गरौं ।’
नेता यादवले आफ्नो पार्टी अहिलेपनि महाधिवेशनमा केन्द्रित रहेको सुनाउँदै सभापति शेरबहादुर देउवाले सरकार गठनमा त्यति चासो नदेखाएको हुनसक्ने तर्क पेश गरे । उनले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, मुलुकको शान्ति÷सुरक्षा निष्क्रिय भएको लगायत दाबी गरे । उनले वर्तमान प्रधानमन्त्री ओली बालुवाटारभन्दा अन्त कतै नगएको पनि टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीले बालुवाटारबाट हालै गरेका विभिन्न विकास आयोजनाको शिल्यान्यासलाई नाटकको संज्ञा पनि दिए ।
यादवले मेलम्चीको पानी काठमाडौं आएकोमा खुशी व्यक्त गर्दै उनले किसुनजीको सपना साकार भएको पनि उल्लेख गरे । उनले भने,‘मेलम्चीको पानी काठमाडौं आयो, यो खुशीको कुरा हो । किसुनजीको सपना साकार भयो । तर, प्रधानमन्त्रीले किसुनजीको नाम कतै पनि लिनुभएन । उहाँले किसुनजीको नाम उच्चारण पनि गर्नुभएन् ।’
उनले ओली नेतृत्वको सरकारलाई प्रतिगमनकारी भन्दै तत्काल सरकारलाई विदाई गर्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले सबैको साझा दुश्मनको रुपमा रहेको ओली सरकार हो । यो सरकारलाई विदाई गर्न ढिलाई गर्नुहुँदैन्, जति ढिलाई गर्यो त्यति पछुताउनुपर्छ ।’ फरक प्रसँगमा उनले बालुवाटार र बुढानिलकण्ठलाई एउटै दुरीमा राखेर हेर्न नहुनेपनि धारणा राखे । ओली सरकारको विकल्प खोज्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच वार्ता सकारात्मक भएको भन्दै छिट्टै अविश्वासको प्रस्ताव दर्ता हुने पनि उनको दाबी छ ।

375 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal