भारतको शानदार जित

२०७७ चैत्र ११ गते, बुधबार

एजेन्सी । इंग्ल्याण्डसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा भारत विजयी भएको छ । मंगलबार बेलुका सकिएको खेलमा भारतले इंग्ल्याण्डलाई ६६ रनले पराजित गरेको हो ।
पुणेमा भएको खेलमा भारतले इंग्ल्याण्डलार्य जितका लागि ३१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले पाँच विकेटको क्षतिमा ३१७ रन बनायो ।
विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४२ ओभर एक बलमा मात्रै २५१ रन बनाउन सक्यो।
पहिलो खेल खेलिरहेका तीव्र गतिका बेलर प्रसिद्ध कृष्णले शानदार प्रदर्शन गर्दै ८ ओभर १ बलमा मात्रै ५४ रन दिएर चार विकेट लिए । इंग्ल्याण्डका लागि ओपनर जोनी बेयरस्टोले ६६ बलमा ९४ रन बनाए ।
भारतका लागि सबैभन्दा धेरै रन ओपनर शिखर धवनले ९८ तथा केएल राहुलले अविजित ६२ रन बनाए । यस्तै क्रुणाल पाण्डेयले अविजित ५८ तथा कप्तान विराट कोहलीले ५६ रन बनाए । भारतले खेलमा ६६ रनको जित दर्ता गरेर तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ।

330 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal