ज्यानमारा ब्रेकर हटाइयो
बर्दिया । वन्यजन्तुबाट जोगिन भन्दै बनाइएका ब्रेकरका कारण उल्टै मानवीय दुर्घटना बढेपछि जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार बर्दियाको मधुवन नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहयोगमा खाता क्षेत्रको ज्यानमारा ब्रेकर हटाईएको छ ।
मधुवन नगर प्रमुख गणेश बहादुर क्षेत्रीको नेतृत्वमा खाता क्षेत्रमा रहेको मापदण्ड विपरितको ज्यानमारा ब्रेकर हटाउने कार्य सफलतापूर्वक सम्पन्न भएको हो ।
वन्यजन्तुभन्दा मानवीय क्षति हुन थालेपछि ब्रेकर हटाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्बहादुर सुनारले बताउनु भयो । हुलाकी सडकअन्तर्गत खाता जैविक मार्गको करिब डेढ किलोमिटर सडक खण्डमा बनाईएको १० वटा ठूला ब्रेकर हटाईएको हो । सवारी साधनबाट वन्यजन्तुको क्षति नहोस् भन्दै करिब ८ महिनाअघि ती ब्रेकर निर्माण गरिएपनि ती ब्रेकरहरु मापदण्ड विपरीतका थिए ।
ब्रेकरका कारण मानिसको ज्यान नै जान थालेपछि स्थानीय बासिन्दाले प्रशासनसँग ती ब्रेकर हटाउन माग गर्दै आएका थिए । ब्रेकरका कारण एकातिर दुर्घटना बढेको र अर्कोतर्फ वन्यजन्तुको आक्रमणको सिकार पनि बन्नु परेपछि ती ब्रेकर हटाइएको प्रजिअ सन्तबहादुर सुनारले बताउनु भयो । ब्रेकर हटाइएपछि हुलाकी सडक भएर खाता, कोठियाघाट, राजापुर क्षेत्र आउजाउ गर्नेहरु खुसी भएका छन् । गत असारयता यस जैविक मार्गमा बाघको आक्रमणमा ६ जनाको मृत्यु भइसकेको छ । यस क्षेत्रमा जतततै दिनहुँ बाघ देखिन थालेको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताउनु भयो । बिहीबार यहाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषको विशेषज्ञ टोलीले एउटा बाघ नियन्त्रणमा लिएको थियो । यो जैविक मार्ग भारतीय सीमा कतरनियाघाट वन्यजन्तु आरक्षसँग जोडिएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





