ज्यानमारा ब्रेकर हटाइयो

२०७७ चैत्र ७ गते, शनिबार

बर्दिया । वन्यजन्तुबाट जोगिन भन्दै बनाइएका ब्रेकरका कारण उल्टै मानवीय दुर्घटना बढेपछि जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार बर्दियाको मधुवन नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहयोगमा खाता क्षेत्रको ज्यानमारा ब्रेकर हटाईएको छ ।
मधुवन नगर प्रमुख गणेश बहादुर क्षेत्रीको नेतृत्वमा खाता क्षेत्रमा रहेको मापदण्ड विपरितको ज्यानमारा ब्रेकर हटाउने कार्य सफलतापूर्वक सम्पन्न भएको हो ।
वन्यजन्तुभन्दा मानवीय क्षति हुन थालेपछि ब्रेकर हटाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्बहादुर सुनारले बताउनु भयो । हुलाकी सडकअन्तर्गत खाता जैविक मार्गको करिब डेढ किलोमिटर सडक खण्डमा बनाईएको १० वटा ठूला ब्रेकर हटाईएको हो । सवारी साधनबाट वन्यजन्तुको क्षति नहोस् भन्दै करिब ८ महिनाअघि ती ब्रेकर निर्माण गरिएपनि ती ब्रेकरहरु मापदण्ड विपरीतका थिए ।
ब्रेकरका कारण मानिसको ज्यान नै जान थालेपछि स्थानीय बासिन्दाले प्रशासनसँग ती ब्रेकर हटाउन माग गर्दै आएका थिए । ब्रेकरका कारण एकातिर दुर्घटना बढेको र अर्कोतर्फ वन्यजन्तुको आक्रमणको सिकार पनि बन्नु परेपछि ती ब्रेकर हटाइएको प्रजिअ सन्तबहादुर सुनारले बताउनु भयो । ब्रेकर हटाइएपछि हुलाकी सडक भएर खाता, कोठियाघाट, राजापुर क्षेत्र आउजाउ गर्नेहरु खुसी भएका छन् । गत असारयता यस जैविक मार्गमा बाघको आक्रमणमा ६ जनाको मृत्यु भइसकेको छ । यस क्षेत्रमा जतततै दिनहुँ बाघ देखिन थालेको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताउनु भयो । बिहीबार यहाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषको विशेषज्ञ टोलीले एउटा बाघ नियन्त्रणमा लिएको थियो । यो जैविक मार्ग भारतीय सीमा कतरनियाघाट वन्यजन्तु आरक्षसँग जोडिएको छ ।

459 Views

ताजा

राणाद्वारा राप्रपा लाेकप्रिय नेता सिलवालकाे पिताकाे निधनमा दुख व्यक्त

२०८२ माघ २८ गते, बुधबार

राणाद्वारा राप्रपा लाेकप्रिय नेता सिलवालकाे पिताकाे निधनमा दुख व्यक्त

२०८२ माघ २८ गते, बुधबार

मकवानपुरमा फेरिँदै चुनावी समीकरण : ‘डिना’ को पक्षमा जुर्मुरायो कांग्रेस

२०८२ माघ २८ गते, बुधबार

चलचित्र ‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री

२०८२ माघ २८ गते, बुधबार

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

२०८२ माघ २८ गते, बुधबार

विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

२०८२ माघ २८ गते, बुधबार

आयुष मगरको ‘कान्छी’ सार्वजनिक (भिडियो)

२०८२ माघ २८ गते, बुधबार

मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह

२०८२ माघ २७ गते, मंगलवार

रामेछाप बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो

२०८२ माघ २७ गते, मंगलवार

कराते टोली थाइल्याण्डको इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुदै

२०८२ माघ २७ गते, मंगलवार

चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक

२०८२ माघ २४ गते, शनिबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal