अदालतमा विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैनः देउवा

२०७७ पुष २६ गते, आईतवार

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आज उनकै निवास बूढानीलकण्ठमा आयोजना गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने बताए ।

काँग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उहाँले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गरे । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट दबाब दिन नहुने उनको धारणा थियो ।

जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उनले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए काँग्रेस चुनावमा जाने सभापति देउवाले बताए । सभापति देउवाले कांग्रेस स्थापना गर्ने चार नेतामध्ये सूर्यप्रसाद उपाध्याय पनि एक भएको उल्लेख गर्दै पार्टीले उनको उच्च कदर गर्ने बताए ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा संसद् विघटन गर्ने ठाउँ नरहेको बताए । कांग्रेस संसद् पुनस्र्थापनाको पक्षमा आवाज लिएर सडकमा जानुपर्ने उनको भनाइ थियो । काँग्रेसले विगतमा पनि चुनाव बहिष्कार गरेकाले अहिले संसद् पुनस्र्थापनाकै पक्षमा सशक्तरूपमा आवाज उठाउन पार्टीसित विकल्प नभएको नेता पौडेलले बताए ।
उपाध्यायको कांग्रेसमा ठूलो योगदान भएको र त्यसलाई नजरअन्दाज गर्न नमिल्ने नेता पौडेलले बताउनुभयो ।
काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले उपाध्यायले पार्टीलाई जीवन्त राख्ने काम गरेको उल्लेख गरे । काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उपाध्यायको तस्बीर पार्टी कार्यालयमा राख्न तथा पृथ्वीजयन्ती मनाउने निर्णय गर्न सभापति देउवालाई आग्रह गरे ।
कार्यक्रममा पूर्वसांसद दिव्यमणि राजभण्डारी, कांग्रेस नेता लोकेश ढकाल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसी, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले र उपाध्यक्ष डा विमला शाक्यले उपाध्यायको योगदानका बारेमा चर्चा गरेका थिए ।

294 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal