५५ वर्ष पुगे सलमान, यी महिलासँग रह्यो प्रेम
मुम्बई । बलिउड सुपरस्टार सलमान खान आज ५५औं जन्मदिन सेलिब्रेसन गर्दैछन् । सलमान अभिनय करियरमा जति चर्चामा रहे । त्यति नै चर्चा उनको विवाद र प्रेम जीवनको समेत भएको पाइन्छ । सलमानले बलिउडका कयौ अभिनेत्रीसँग डेट गरेको छन् । तर, विवाह भने कसैसँग पनि भएको छैन । सलमानको प्रेम रहेको ६ महिला जसको चर्चा यहाँ गर्न खोजिएको छ ।
शहीन जाफरीः
शहीन जाफरी सलमानको पहिलो प्रेम थियो । जसको जानकारी सलमानले एक अन्तरर्वार्ताको क्रममा दिएका थिए । सलमान जव १६ वर्षका थिए । त्यही समय शहीनको प्रेममा थिए । यी दुबैको विवाहसँग कुरा पुगेको थियो । त्यही समय सलमानको जीवनमा संगीता बिजलानीको आगमन भयो । सोही कारणले विवाह हुन सकेन ।
संगीता बिजलानी
संगीता बिजलानी मिस इन्डिया विजेता समेत हुन् । दुबैको भेट ८० को दशकमा भएको थियो । संगीता सलमान खान परिवारसँग पनि नजिक थिइन् । सलमान पनि संगीतासँग विवाह गर्न चाहन्थे । तर दुबैको ब्रेकअप भयो ।
सोमी अली
सोमी अली पाकिस्तानी अभिनेत्री हुन् । सोमीको साथ सलमानको अफेयर्स लामो समयसम्म चलेको थियो । फिल्म ‘मैने प्यार किया’ हेरेपछि सोमी सलमानसँग फिदा भएकी थिइन् । दुबैको डेट ८ बर्षसम्म चलेको थियो ।
ऐश्वर्या रायः
सलमान र ऐश्वर्याको अफेयर निकै चर्चामा रहेको थियो । दुबैको पहिलो भेट ‘हम दिल दे भुके सनम’ सेटमा भएको थियो । त्यही दुबैले एकअर्कोलाई मन पराएका थिए । एक दिन रातको ३ बजे सलमान ऐश्वर्याको घर पुगेका थिए । उक्त कारणले ऐश्वर्या रिसाएर सलमानलाई ब्रेकअप दिएकी थिइन् ।
कट्रीना कैफः
सलमान र कट्रीनाको प्रेम पनि निकै चर्चामा रहेको बिषय हो । सलमानले कट्रीनालाई फिल्म ‘मैने प्यार क्युं किया’मा अभिनय गर्ने अवसर दिलाएका थिए । सलमानका साथ फिल्म अभिनयपछि कट्रीना निकै हिट भइन् । २००९ मा दुबैका ब्रेकअप भएको थियो ।
युलिया वन्तूरः
सलमानको प्रेम चर्चा रोमियन सुन्दरी युलिया वन्तुरसँग पनि भएको थियो । दुबैलाई एकसाथ धेरै पटक देखिएका थिए । युलिया सलमानको परिवारसँग पनि देखिएकी थिइन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





